नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत सर्वसम्मत निर्वाचित

नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत सर्वसम्मत निर्वाचित

२४ पुस, दाङ । नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत सर्वसम्मत निर्वाचित हुनु भएको छ । शुक्रवार सम्पन्न १३ औं जिल्ला अधिबेशनबाट अध्यक्ष बस्नेत निर्विरोध निर्वाचित हुनु भएको हो । अध्यक्षको दाबी गरेका अर्का पुराना नेता शिवकुमार आचार्यले आफ्नो दाबी छाडेपछि बस्नेत निर्विरोध अध्यक्ष चयन हुनुभएको हो ।

उपाध्यक्षमा राममणी पाण्डे, सचिबमा मनोहर बुढाथोकी, उप(सचिब कृष्ण भुसाल र हिरा देवी पुन पदाधिकारीमा निर्वाचित हुनु भयो । अधिवेशनले १२१ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।

Europass CV in Nepal