चण्डलाई पनि कोरोना संक्रमण

चण्डलाई पनि कोरोना संक्रमण

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ। प्रचण्डको सचिवालयको तर्फबाट छोरी गंगा दाहालले सामाजिक सञ्जाल मार्फत् प्रचण्डलाई कोरोना संक्रमण पोजेटिभ देखिएको जानकारी दिएकी हुन्। शुक्रबार साँझ परीक्षण गर्दा अध्यक्ष प्रचण्डलाई कारोना संक्रमण पुष्टि भएको हो ।

‘अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केहि असहजता देखिएकोले हिजो बेलुकी पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ,’ केही बेरअघि सामाजिक सञ्जालमा दाहालले लेखेकी छन्, ‘उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको छ। स्वास्थ्य अवस्था सामान्य छ।’

यो बीचमा प्रचण्डको सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन पनि उनले आग्रह गरेकी छन्।‘डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी गराउँदछौँ,’ दाहालले भनेकी छन्।

Europass CV in Nepal

आजै माओवादी केन्द्रका अर्का नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो। श्रेष्ठ पनि होम आइसोलेसनमा बसेका छन्।  केही दिनअघि मात्रै आफ्नो पार्टीको राष्ट्रिय महाधिवेशन सकेका माओवादी केन्द्रका धेरै नेतामा कोरोना संक्रमण भएको आशंका गरिएको छ। एकैपटक धेरै नेता र कर्मचारीमा संक्रमण पुष्टि भएपछि माओवादी केन्द्रको केन्द्रीय कार्यालयसमेत बन्द गरिएको छ।

Europass CV in Nepal