भारतीय जनता पार्टीले आफ्नो चुनाव लक्षित उपलब्धिको डकुमेन्ट्री बनाउन नेपाली रेल गुडाइएको दाबी

भारतीय जनता पार्टीले आफ्नो चुनाव लक्षित उपलब्धिको डकुमेन्ट्री बनाउन नेपाली रेल गुडाइएको दाबी

जनकपुरधाम । करिब १६ महिना थन्काएर राखिएको रेल भिडियो डकुमेन्ट्री बनाउने उद्देश्यका साथ गुडाइएको दाबी गरिएको छ। भारतको उत्तरप्रदेशमा आसन्न विधानसभाको निर्वाचनका लागि उत्तर प्रदेशको अयोध्या र जनकपुरधामबीच साँस्कृतिक सम्बन्ध रहेको देखाउन र मतदातालाई प्रभावित गर्न डकुमेन्ट्री बनाउन रेल गुडाइएको दाबी गरिएको हो।

भारतको सत्ताधारी दल भारतीय जनता पार्टीले आफ्नो उपलब्धि जनतामा प्रचार-प्रसारका लागि डक्युमेन्ट्री बनाउन लागेको स्रोतको दाबी छ। धनुषाको जनकनन्दनी गाउँपालिका इनर्वा स्टेशनमा डेढ वर्षदेखि त्रिपालमुनि छोपेर राखिएको रेलको दोस्रो पटक परीक्षण गरिएको शंका-उपशंका तथा विभिन्न खाले हल्ला चलेको छ। तर महाप्रबन्धक झाले यो हल्ला निराधार रहेको दाबी गरे।

‘यो नेपाली रेल हो। हामीले रेल सञ्चालनको अन्तिम तयारीको उद्देश्यलले मात्रै रेलको अवस्था बुझ्न परीक्षणका लागि गुडाएका हौँ,’ उनले अन्नपूर्णसँग भने। इनर्वाबाटै एक डकुमेन्ट्री निर्माण कम्पनीको क्यामरासहितको टोली नेपाली तथा भारतीय अधिकारीहरुको साथमा जनकपुरधाम रेलमा सवार भएर आएका थिए।

Europass CV in Nepal

नेपाल सरकारले खरिद गरेको आधुनिक रेल गुडाउन नेपाल रेल्वे कम्पनी लिमिटेडले ६० जना भारतीय जनशक्ति राखेको छ। यसअघि कम्पनीसँग १ सय ५१ जना जनशक्ति थियो। ‘हामीले न्युनतम आवश्यक जनशक्ति ६० जना राखेर रेल सञ्चालन गर्ने तयारीमा लागेका छौं। म आएलगत्तै आर्थिक भार कम पर्ने हिसाबले १ सय ५१ जनामध्ये ६० जनालाई राख्ने निर्णय गरेका थियौँ,’ उनले भने। साभार : अन्नपुर्णपोस्टबाट 

Europass CV in Nepal