फेरी बैंकमा थुप्रिन थाल्यो रकम, एक हप्तामै ५८ अर्बले बढ्यो निक्षेप

फेरी बैंकमा थुप्रिन थाल्यो रकम, एक हप्तामै ५८ अर्बले बढ्यो निक्षेप

लामो समयदेखि तरलता अभाव खेपिरहेका वाणिज्य बैंकहरूमा निक्षेप बढ्न थालेको छ । बैंकहरूमा यो साता मात्रै ५८ अर्ब निक्षेप बढेर कुल निक्षेप ४३ खर्ब ७ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जानकारी दिएको छ ।

५८ अर्ब रुपैयाँले निक्षेप बढ्नुअघि गत साता बैंकहरूमा ४२ अर्ब ४९ अर्ब रुपैयाँ रकम थियो । यस्तै, अघिल्लो साता बैंकहरूमा ४२ खर्ब ३५ अर्ब रुपैयाँ मात्रै निक्षेप थियो । संघले पछिल्लो दुई सातामा ७२ अर्ब निक्षेप बैंकमा जम्मा भएको जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकको दुई वटा निर्णयसँग बैंकहरूमा निक्षेप सुधारिन लागेको हो । राष्ट्र बैंकले अनियन्त्रित आयात रोक्न एलसी खोल्दा शतप्रतिशत र ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । यो व्यवस्थापछि आयातमा कमी आएको छ । विलासिताका वस्तुको आयात गर्दा शतप्रतिशत रकम जम्मा राख्नुपर्ने व्यवस्थाले समेत केही निक्षेप बढाएको हो ।

Europass CV in Nepal

यस्तै, स्थानीय तहको ८० प्रतिशत बजेटलाई निक्षेपमा गणना गर्न दिन अर्थ मन्त्रालयले केन्द्रीय बैंक र महालेखा नियन्त्रकलाई आग्रह गरेको थियो । मन्त्रालयको आग्रहपछि केन्द्रीय बैंकले वाणिज्य बैंकहरुलाई स्थानीय तहको ८० प्रतिशत बजेटलाई निक्षेपमा गणना गर्न अनुमति दिएको थियो । यससँगै, वाणिज्य बैंकहरूमा निक्षेप बढ्न थालेको हो ।

यसैगरी, यो सातामा बैंकहरूले नौ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । गत साता ११ अर्ब ऋण लगानी गरेका बैंकहरूले अघिल्लो साता तीन अर्ब मात्रै लगानी गरेका थिए । बैंकहरूले पुस महिनामा कुल २३ अर्ब ऋण लगानी गरेका छन् । योसहित यो महिनामा कुल ऋण लगानी ४१ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ ।

 

Europass CV in Nepal