बतासको पक्षमा उभियो पोखरा उद्योग वाणिज्य संघ

बतासको पक्षमा उभियो पोखरा उद्योग वाणिज्य संघ

पोखरा उद्योग वाणिज्य संघले विवादमा तानिएको बतास अर्गनाइजेसनको पक्षमा उभिँदै विज्ञप्ति निकालेको छ । बतासका अध्यक्ष आनन्दराज बतासले सञ्चालन गरेको होटल आनन्द सो संघको सदस्य प्रतिष्ठान हो । संघले विज्ञप्तिमा नारायणहिटी दरबारमा रेष्टुराँ संचालनदेखि अन्य विभिन्न स्थानमा गरेका व्यावसायिक गतिविधिहरू राज्यप्रदत्त व्यापार/व्यवसाय गर्न पाउने क्षेत्राधिकारभित्रै रहेर गरिएको घामजत्तिकै छर्लङ्ग भएको विषय रहेको दाबी गरेको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘सरकारले टेण्डर आह्वान नगरेको भए, सार्वजनिक निजी साझेदारी अवधारणा अनुरूप निजी क्षेत्रलाई लगानीको आह्वान नगरेको भए बतास समूह न नारायणहिटी भित्रको रेष्टुराँमा लगानी गर्याे, न त गौशाला वा अन्य क्षेत्रमा नै व्यवसायको सम्भावना खोज्न उद्यत रहन्थ्यो ।’

राज्य स्वयंले टेण्डर आह्वान गर्ने,सार्वजनिक निजी साझेदारी अनुरूप निजी क्षेत्रको लगानी खोज्ने र तोकिएका प्रावधान पूरा गर्दै लगानी गरिसकेपछि विभिन्न आरोप-प्रत्यारोप लगाउँदै भाँजो हाल्ने प्रवृत्ति आफैमा विरोधाभाषपूर्ण र पूर्वाग्रहबाट प्रेरित रहेको ठम्याइ रहेको संघले उल्लेख गरेको छ ।

Europass CV in Nepal

पछिल्लो समय सरकारले गरेका गतिविधिहरूले निजी क्षेत्रको मनोबल गिराउनेमात्रै नभइ आफैले गरेका निर्णयहरू लत्याउने एवं कानूनी राज्यको खिल्ली उडाउने काम भएको पनि सो संघले दाबी गरेको छ । दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिमा कार्यकारी निर्देशक भेषनारायण दाहालसँग मिलेमतो गरी बतासले नारायणहिटी दरबारभित्र अवैध संरचना निर्माण गरेको छानबिन समितिले प्रतिवेदनमै उल्लेख गरिसकेको छ ।

६.३४ आना जग्गामा क्याफ्टेरिया सञ्चालन गर्नेगरी सम्झौता भएपनि बतासले १४ रोपनी जग्गा हडपेको आरोप छ । बतासले दरबारभित्र बनाएको संरचना पर्यटनमन्त्री प्रेम आलेको निर्देशन भत्काइसकिएको छ ।

Europass CV in Nepal