महीना दिनमै भित्रियो १ हजार ७ सय १९ टन कन्दमूल

महीना दिनमै भित्रियो १ हजार ७ सय १९ टन कन्दमूल

काठमाडौं । माघेसंक्रान्तिलाई लक्षित गर्दै कालीमाटी फलफूल तथा तरकारी बजारमा महीना दिनमै १ हजार ७ सय १९ टन कन्दमूल भित्रिएको पाइएको छ । तरुल, सखरखण्ड र पिँडालु गरी पुस महीनाभित्र मात्र माघेसंक्रान्तिलाई लक्षित गर्दै उक्त परिमाणमा कन्दमूल भित्रिएको हो ।

समितिले उपलब्ध गराएको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पुस महीनामा मात्र १ सय ९७ टन सखरखण्ड, २ सय ९३ टन पिँडालु, र १ हजार २ सय २९ टन तरुल गरी कुल १ हजार ७ सय १९ टन कन्दमूल भित्रिएको हो । यो परिमाण अघिल्लो वर्षको पुस महीनाको तुलनामा १ सय ३८ टनले बढी हो ।

यस वर्षको वैशाखदेखि हालसम्मको हिसाब गर्ने हो भने अहिलेसम्म कुल २ हजार ६ सय ७९ टन कन्दमूल कालिमाटीमा भित्रिएको देखिएको छ । २०७७ मा वर्षभरिमा २ हजार ८ सय २४ टन, २०७६ मा वर्षभरिमा २ हजार ८ सय २१ टन, २०७५ मा वर्षभरिमा १ हजार ९ सय टन र २०७४ मा १ हजार २ सय ८१ टन कन्दमूल कालीमाटीमा भित्रिएको समितिको तथ्यांक छ । आर्थिक अभियान दैनिकबाट

Europass CV in Nepal

 

Europass CV in Nepal