मुख्य सामग्रीमा जानुहोस्
Sunday, 27 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

महीना दिनमै भित्रियो १ हजार ७ सय १९ टन कन्दमूल

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । माघेसंक्रान्तिलाई लक्षित गर्दै कालीमाटी फलफूल तथा तरकारी बजारमा महीना दिनमै १ हजार ७ सय १९ टन कन्दमूल भित्रिएको पाइएको छ । तरुल, सखरखण्ड र पिँडालु गरी पुस महीनाभित्र मात्र माघेसंक्रान्तिलाई लक्षित गर्दै उक्त परिमाणमा कन्दमूल भित्रिएको हो ।

समितिले उपलब्ध गराएको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पुस महीनामा मात्र १ सय ९७ टन सखरखण्ड, २ सय ९३ टन पिँडालु, र १ हजार २ सय २९ टन तरुल गरी कुल १ हजार ७ सय १९ टन कन्दमूल भित्रिएको हो । यो परिमाण अघिल्लो वर्षको पुस महीनाको तुलनामा १ सय ३८ टनले बढी हो ।

यस वर्षको वैशाखदेखि हालसम्मको हिसाब गर्ने हो भने अहिलेसम्म कुल २ हजार ६ सय ७९ टन कन्दमूल कालिमाटीमा भित्रिएको देखिएको छ । २०७७ मा वर्षभरिमा २ हजार ८ सय २४ टन, २०७६ मा वर्षभरिमा २ हजार ८ सय २१ टन, २०७५ मा वर्षभरिमा १ हजार ९ सय टन र २०७४ मा १ हजार २ सय ८१ टन कन्दमूल कालीमाटीमा भित्रिएको समितिको तथ्यांक छ । आर्थिक अभियान दैनिकबाट

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।