भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली

भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली

काठमाडौं। बेलायतका एक प्रमुख सट्टेबाजले बेलायती प्रधानमन्त्री बोरिस जोनसनले छिटै राजीनामा दिन सक्ने बताएका छन् । कम्पनीले भारतीय मूलका ऋषि सौनक बोरिस जोनसनको ठाउँमा बेलायती प्रधानमन्त्री बन्न सक्ने बताएको छ । ऋषि सौनक बोरिस जोनसन सरकारका अर्थमन्त्री हुन् । बेलायतको प्रमुख सट्टा कम्पनी बेटफेयरका अनुसार कोभिड महामारीको क्रममा मदिरा पार्टीका कारण ५७ वर्षीय प्रधानमन्त्रीमाथि राजीनामाको दबाब बढिरहेको छ ।

यो दबाब विपक्षीको तर्फबाट मात्र नभइ स्वयं प्रधानमन्त्री जोनसनको कन्जर्भेटिभ पार्टी भित्रैबाट पनि छ । बेटफेयरका साम रोसबटमले वेल्स अनलाइनसँग कुरा गर्दै बोरिस जोनसनले राजीनामा दिए प्रधानमन्त्री पदको दौडमा सबैभन्दा अगाडि ऋषि सौनक भएको बताएका छन् । त्यसपछि दौडमा विदेश सचिव लिज ट्रस, क्याबिनेट मन्त्री माइकल गोभ छन् । भारतीय मूलकी प्रिती पटेल पनि प्रधानमन्त्रीको दौडमा छिन् । प्रिटी पटेल अहिले गृह सचिव हुन् ।

रोसबटमका अनुसार ताजा सट्टेबाजीले बोरिस जोनसनले छिटै राजीनामा दिन सक्ने देखाएको छ । जुन बियर पार्टीका कारण जोनसनमाथि राजीनामाको दबाब बढिरहेको छ त्यसको आयोजना मे २०२० मा प्रधानमन्त्रीको डाउनिङ स्ट्रिटस्थित निवासमा भएको थियो । केही समयअघि पार्टीसँग सम्बनिधत केही तस्वीर र इमेल लिक भएपछि यसको खुलासा भएको हो र त्यसयता यो विवाद चर्किएको छ ।

Europass CV in Nepal

बुधबार बोरिस जोनसनले हाउस अफ कमन्सको च्याम्बरमा लकडाउनका दिशानिर्देशको उल्लंघनका लागि माफी मागेका थिए । यस क्रममा ऋषि सौनक उपस्थित थिएनन् । उनको अनुपस्थितिपछि ऋषिले संकटमा परेका प्रधानमन्त्रीसँग दूरी बढाउन थालेको अनुमान गरिएको छ । यी अड्कलबाजीका बीच सौनकले एक ट्वीटमार्फत आफू व्यस्तताका कारण आउन नसकेको बताएका छन् ।

उनले ट्वीट गरेका छन् ‘म आज पूरै दिन हाम्रो प्लान फर जब्स योजनामा काम गरिरहेको थिएँ । साथमा ऊर्जाको स्थितिबारे चर्चा गर्नको लागि सांसदहरुसँग भेटघाटमा थिएँ । प्रधानमन्त्रीले माफी माग्नुभयो यो राम्रो कुरा हो । यो विषयमा सू ग्रेको जाँच चलिरहेको छ । प्रधानमन्त्रीले जाँच पूरा हुँदासम्म धैर्य गर्न अनुरोध गर्नुभएको छ जसको म समर्थन गर्छु ।’

बीबीसीको एक रिपोर्टअनुसार केही बेलायती अखबारले सौनकको यो ट्वीटलाई बोरिस जोनसनको समर्थनको रुपमा हेरेका छन् । बोरिस जोनसनले हाउस अफ कमन्समा दिएको आफ्नो बयानमा भनेका थिए ‘म माफी माग्न चाहन्छु । मलाई थाहा छ विगत १८ महिनामा लाखौं मानिसहरुले असाधारण बलिदान दिएका छन् । मलाई थाहा छ मलाई र सरकारलाई लिएर उनीहरु कति आक्रोशित छन् ।’

Europass CV in Nepal