दाङमा साँझ सात बजेपछि पनि होटल खोल्न पाउनु पर्ने व्यवसायीको माग

दाङमा साँझ सात बजेपछि पनि होटल खोल्न पाउनु पर्ने व्यवसायीको माग

घोराही । दाङका होटल व्यवसायीहरूले साँझ ७ बजेपछि पनि आफ्नो व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन् । कोरोना सङ्क्रमणको दर बढ्दै गएको अवस्थामा अहिले दाङमा स्थानीय प्रशासनले स्मार्ट लकडाउनको नाममा विद्यालय बन्द र बोटलहरू साँझ ७ बजेपछि बन्द गर्ने निर्णय गरेको छ ।

साथै गत विहीबार बसको जिल्ला कोरोना संकट व्यवस्थापन समितिको निर्णय अनुसार माघीमा मेला सञ्चालनमा रोक लगाउने र २५ जनाभन्दा धेरै को जमघट नगर्ने निर्णयसमेत गर्यो। तर अहिले विद्यालयहोटलहरूमा बाहेक अन्यत्र स्मार्ट लकडाउनको प्रभाव फितलो दिएको छ ।

दाङ देउखुरी होटल व्यवसायी समितका अध्यक्ष दिपेन्द्र पुन भन्नुहुन्छ, ‘विद्यालयहरु अहिले बन्द छन् भने साँझ ७ बजेपछि होटलहरु बन्द गराउन प्रहरी परिचालन गर्ने गरिन्छ । तर मेलादेखि लिएर हरेक क्षेत्रमा बढेको भिडभाड र जमघटलाई रोक्न भने प्रहरीको कुनै सक्रियता देखिएको छैन् । तर हाम्रो व्यवसाय हुने समयमा होटल बन्द गर्न प्रहरीलाई चटारो हुन्छ ।

Europass CV in Nepal

कि सबै व्यवसाय बन्द गरेको भए हामी पनि बन्द गथ्र्यौ तर यहाँ होटललाई मात्रै लक्षित गरिएको छ । दिनभर फेन्सीमा कत्रो भिडभाड हुन्छ, सवारी साधनमा त्यस्तै छ तर होटललाई मात्र लक्षित गरिएको छ । त्यसैले हामीले पनि होटल व्यवसाय सञ्चालन गर्न पाउनु पर्छ, अध्यक्ष पुनले भन्नुभयो ।

यस्तै घोराही १५ काठेकोलमा सञ्चालनमा रहेको मुनलिट रेष्टुरेन्टका सञ्चालक पुरन बुढामगरले पनि साँझ ७ बजेपछि होटल बन्द गर्नुपर्दा समस्या भएको बताउनु भयो । ‘‘यस अघिका लकडाउनमा पनि सबै भन्दा सुरुमा होटल व्यवसायलाई नै लक्षित गरियो अहिले पनि अर्कोतिर करमा सरकारले कुनै खालको छुट भने दिदैन् । बन्द गराउन मात्रै खोज्छ । यसले हाम्रो व्यवसायलाई धरापमा पार्ने काम मात्रै भएको छ ।

यस्तै दाङका विभिन्न क्षेत्र तथा बजारमा सञ्चालनमा रहेका होटल व्यवसायीहरूले स्थानीय प्रशासनको यस्तो निर्णयको विरोध गरेका छन् । दाङ देउखुरी होटल व्यवसायी समितिले पनि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई भेटेरै होटल तथा रेष्टुरेन्ट साँझको समयमा पनि खोल्न पाउनु पर्ने माग सहित ज्ञापन पत्र बुझाएको अध्यक्ष पुनले जानकारी दिनुभएको छ ।

Europass CV in Nepal