धुर्मुससुन्तली विरुद्ध अख्तियारमा उजुरी

धुर्मुससुन्तली विरुद्ध अख्तियारमा उजुरी

माघ । सामाजिक सेवाको आवरणमा अनियमितता गरेको आरोपमा धुर्मुस सुन्तली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । भरतपुरका क्रिकेट प्रशिक्षक अनिल अधिकारीले उनीहरुमाथि रंगशाला निर्माणका नाममा चन्दा उठाएर रकम दुरुपयोग गरेको आरोप लगाएका हुन् ।

आइतबार दर्ता भएको सी–०२३५०३ नम्बरको उजुरीमा नेपाल र विदेशमा रहेका नेपालीहरु अनि भरतपुर महानगरपालिकाबाट ५७ करोड रुपैयाँ चन्दा उठाएको तर काम भने नगरेको आरोप छ । केवल १४ प्रतिशत भौतिक संरचना मात्रै बनेको भन्दै उजुरीकर्ता अधिकारीले १७ करोड रुपैयाँ थप ऋण छ भनेर दावी गर्नु हास्यास्पद भएको बताए ।

दुई अर्ब रुपैयाँको लागत अनुमान गरिएको परियोजनामा रकम उठेजति काम समेत नभएको भन्दै दुवैजनालाई छानविनको दायरामा ल्याउन माग गरिएको छ । अहिले उनीहरुले परियोजनालाई अलपत्र पारेर हिँडेको भन्दै छानविन समेत गर्न माग छ ।

Europass CV in Nepal

सामान्यतयाः सामाजिक संघसंस्थाको आर्थिक कारोवार अख्तियारको क्षेत्राधिकारमा पर्दैन । तर सार्वजनिक संरचनाको निर्माण, अनि त्यसमा भरतपुर महानगरपालिकाको बजेट समेत विनियोजन भएकाले अख्तियारले यो विषय छानबीन गर्न पाउँछ ।

Europass CV in Nepal