मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ झण्डा टर्मिनलमै फहराइएको छ !

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं, १५ कात्तिक। यो चिनियाँ झण्डा हो । झट्ट हेर्दा यो कुनै चीनको भू-भाग जस्तो देखिन्छ । तर, यो नेपालको भूभागमा बनेको अन्तर्राष्ट्रिय विमानस्थल हो जहाँ चिनियाँ झण्डा टर्मिनलमै फहराइएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मीनल भवनमा चिनियाँ झण्डा राखिएको पाइएको हो। ६ अर्ब रुपैयाँ लागत रहेको चिनियाँ ठेकेदार कम्पनीले निमार्ण गरेको उक्त विमानस्थलमा चिनियाँ झण्डा राखिएको पाइएको हो।

टर्मिनलमै चिनियाँ झण्डा राखेर चीनले नेपालमा आफ्नो प्रभुत्व प्रदर्शन गर्न थालेको छ । चिनियाँ झण्डा नेपालको विमानस्थलको टर्मिनलमा राखेपछि विरोध हुन थालेको छ । तर, सरकारले भने यस विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार साढे दुई अर्ब रुपैयाँको मूर्ति स्थापना गरिएको छ। बुद्धको उक्त मूर्ति बहुमूल्य धातु ह्वाइट जेडबाट बनाइएको हो। म्यानमारमा बनाइएको मूर्ति स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनले विमानस्थललाई निःशुल्क उपलब्ध गराएको हो ।

उक्त मूर्तिलाई विमानस्थलको प्रवेशद्वार र बाहिरिने मार्गमा पर्ने गरी राखिएको छ। उक्त मूर्ति स्थापना गर्नुअघि नै विमानस्थलको टर्मीनल भवनको छतमा चिनियाँ झण्डा फहराइएको पाइएको छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।