सुनसरी महोत्सवमा भारतीय कलाकार नआएपछि आक्रोशित समूहद्वारा स्टेज तोडफोड र आगजनी

सुनसरी महोत्सवमा भारतीय कलाकार नआएपछि आक्रोशित समूहद्वारा स्टेज तोडफोड र आगजनी

काठमाडौँ । सुनसरीको बर्जु तालस्थित बर्जु महोत्सवमा भारतको बिहारका चर्चित कलाकार तथा गायक खेसारीलाल यादव नआएको भन्दै आक्रोशित समूहले महोत्सवको मञ्च नै तोडफोड गरेका छन् ।यसअघि महोत्सवमा कलाकार खेसरीलाल आउने भन्दै आयोजकले व्यापक प्रचार गरेको थियो । उनलाई हेर्न दर्शकहरू मंगलबार बिहानैदेखि महोत्सव स्थल पुगेका थिए ।

तर कलाकार यादव अचानक नआउने भएपछि असन्तुष्ट दर्शकहरूले मञ्च नै तोडफोड गरेका हुन् । साथै कार्यक्रम स्थलमा गाडीमा समेत आगजनी गरिएको स्थानीयहरूले बताएका छन् ।

स्थानीयहरूले घटनाबारे सामाजिक सञ्जालमा समेत असन्तुष्टि पोखेका छन् । उनीहरूले २ सयदेखि ३ सयको टिकट काटेर बसेका थिए । सुनसरी प्रहरीले भने महोत्सवमा केही समूहले हुल्दंगा गरे पनि अहिले सामान्य बनेको जनाएको छ । अवस्था नियन्त्रणमा आइसकेको प्रहरीको भनाइ छ ।

Europass CV in Nepal

घटनामा मानवीय तथा अन्य भौतिक क्षतिको यकिन विवरण आइसकेको छैन । घटनास्थलमा प्रहरी टोली पुगेको जिल्ला प्रहरीले जनाएको छ । नेपाल सरकारले यसअघि नै कोरोना संक्रमण नियन्त्रणका लागि देशभर मेला तथा महोत्सव गर्न रोक लगाएको छ । साथै २५ जना भन्दा बढी मानिसको जमघटमा पनि सरकारले रोक लगाएको छ ।

यस क्षेत्रमा बिहारी कलाकार खेसरीलाल निकै चर्चित मानिन्छन् । तर कार्यक्रममा उनी नआएपछि प्रशंसकहरूले आक्रोशित हुँदै स्टेज तोडफोड गरेका हुन् । त्यसो त जिल्ला प्रशासन कार्यालयले कोरोनाको जोखिम बढ्नसक्ने भन्दै उक्त कार्यक्रम नगर्न आदेश दिएको थियो । बर्जु गाउँपालिकाको नाममा पत्र पठाउँदै महोत्सव नगर्न प्रशासनले निर्देशन दिएको थियो ।

Europass CV in Nepal