मुख्य सामग्रीमा जानुहोस्
Sunday, 27 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

नेपाली विद्यार्थीले अब अस्ट्रेलियामा हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने

Himali Patrika 1 मिनेट पढाइ

नेपाली विद्यार्थीले अब अस्ट्रेलियामा हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने छन् । अस्ट्रेलियाको सरकारले नेपाली विद्यार्थीका लागि आगामी दिनमा हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने व्यस्था गरेको हो ।

पुस ३० गते गृहमन्त्री बालकृष्ण खाणले नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कसँगको शिष्टाचार भेटमा उक्त व्यवस्थका लागि अग्रह गरेका थिए । गृहमन्त्री खाणले आग्रह गरेको एक हप्तामै बुधबार अस्ट्रेलियाका प्रधानमन्त्रीको वक्तव्यमा पढाइका अलवा नेपाली विद्यार्थीले हप्तामा २० घण्टाभन्दा बढी काम गर्न पाउने कुरा समावेश भएको छ ।

आगामी ८ हप्तासम्म अस्ट्रेलियाका लागि उडान भर्ने नेपाली विद्यार्थीहरुले भीसा आवेदन दिँदा लाग्ने शुल्क पनि फिर्ता पाउने छन्। राजदूत भोल्कमार्फत गरिएको आग्रह एकहप्तामै कार्यान्वयनमा आएकोमा गृहमन्त्री खाणले अस्ट्रेलियन सरकारलाई धन्यवाद दिएका छन्। साभार : रातोपाटीबाट 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।