मन्त्री आलेको निर्देशनमा विमानस्थलबाट पक्राउ परेका क्यासिनो सञ्चालकले तिरे १३ करोड राजश्व

मन्त्री आलेको निर्देशनमा विमानस्थलबाट पक्राउ परेका क्यासिनो सञ्चालकले तिरे १३ करोड राजश्व

क्यासिनो सञ्चालक अमेरिकी नागरिक माइक बोलसोवरले १३ करोड रुपैयाँ राजश्व तिरेका छन् । उनी निकट स्रोतका अनुसार उनले रोयल्टी वापतको १३ करोड रुपैयाँभन्दा बढी रकम बुझाएका छन् ।

तीन दिनअघि रोयल्टी नतिरी अमेरिका जान लागेको अवस्थामा पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । पर्यटन विभागले क्यासिनो सञ्चालन गरेवापतको रोयल्टी नबुझाएसम्म नेपाल नछाड्न समेत भनेको थियो ।

माइकले काठमाडौंको सांग्रिला होटल र भैरहवाको टाइगर टप्समा क्यासिना सञ्चालन गर्दै आएका छन् । बोल्सोभरले सञ्चालन गरेका दुईवटा क्यासिनोले प्रतिक्यासिनो छ करोड ५० लाख रुपैयाँका दरले दुई क्यासिनोको १३ करोड रुपैयाँ पुस मसान्तभित्र दाखिला गर्नुपर्नेमा अटेर गरी भाग्न लागेको थाहा पाएपछि रोक लगाइएको थियो ।

Europass CV in Nepal

मन्त्री आलेको निर्देशनपछि सञ्चालनमा रहेका आठ क्यासिनो कम्पनीले कम्तीमा पनि ४० करोड रुपैयाँ सरकारको खातामा राजस्व दाखिला गरिसकेका छन् । एसएचएल म्यानेजमेन्टले तिलोत्तमा नगरपालिका–६ भैरहवामा २३ कठ्ठा सरकारी जग्गामा पाँच तारे होटल गैरकानुनी ढङ्गले सञ्चालन गरेको आरोप छ ।

Europass CV in Nepal