मुख्य सामग्रीमा जानुहोस्
Sunday, 27 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

मन्त्री आलेको निर्देशनमा विमानस्थलबाट पक्राउ परेका क्यासिनो सञ्चालकले तिरे १३ करोड राजश्व

Himali Patrika 1 मिनेट पढाइ

क्यासिनो सञ्चालक अमेरिकी नागरिक माइक बोलसोवरले १३ करोड रुपैयाँ राजश्व तिरेका छन् । उनी निकट स्रोतका अनुसार उनले रोयल्टी वापतको १३ करोड रुपैयाँभन्दा बढी रकम बुझाएका छन् ।

तीन दिनअघि रोयल्टी नतिरी अमेरिका जान लागेको अवस्थामा पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । पर्यटन विभागले क्यासिनो सञ्चालन गरेवापतको रोयल्टी नबुझाएसम्म नेपाल नछाड्न समेत भनेको थियो ।

माइकले काठमाडौंको सांग्रिला होटल र भैरहवाको टाइगर टप्समा क्यासिना सञ्चालन गर्दै आएका छन् । बोल्सोभरले सञ्चालन गरेका दुईवटा क्यासिनोले प्रतिक्यासिनो छ करोड ५० लाख रुपैयाँका दरले दुई क्यासिनोको १३ करोड रुपैयाँ पुस मसान्तभित्र दाखिला गर्नुपर्नेमा अटेर गरी भाग्न लागेको थाहा पाएपछि रोक लगाइएको थियो ।

मन्त्री आलेको निर्देशनपछि सञ्चालनमा रहेका आठ क्यासिनो कम्पनीले कम्तीमा पनि ४० करोड रुपैयाँ सरकारको खातामा राजस्व दाखिला गरिसकेका छन् । एसएचएल म्यानेजमेन्टले तिलोत्तमा नगरपालिका–६ भैरहवामा २३ कठ्ठा सरकारी जग्गामा पाँच तारे होटल गैरकानुनी ढङ्गले सञ्चालन गरेको आरोप छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।