मुख्य सामग्रीमा जानुहोस्
Sunday, 27 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

स्कोडाको कुसाक गाडी दाङमा लन्च

Himali Patrika 1 मिनेट पढाइ

दाङ, ९ माघ । विश्व बजारमा राम्रो बिक्रि रहेको स्कोडाको कुसाक गाडी दाङमा लन्च गरिएको छ । महादेवा अटोमोवाइल प्रा.लिले स्कोडा गाडीको आइतबार घोराहीमा एक कार्यक्रमकाबीच लन्च गरेको हो ।

प्रालीका प्रोपराइटर माधव धिताललेको अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघ दाङका अध्यक्ष टंकसिंह बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको लन्च कार्यक्रममा स्कोडा कुसाक गाडीका नेपालका लागि सेल्स म्यानेजर विजय थापाले गाडीको गुणस्तरमा शंका गर्नु पर्ने ठाउँ नभएको बताउनुभयो ।

यहि गाडीको कम्पनीले नै अहिले जेसीवी, एमाहा बाइक उत्पान गरेको र नेपालमा समेत राम्रो बजार रहेको भन्दै उहाँले स्कोडा गाडीको गुणस्तर पनि राम्रो रहेको दाबी गर्नुभयो । उहाँले १५ हजार किलो मिटर गुडेमात्र गाडीलाई सर्विसिङ गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रमुख अतिथि बुढाथोकीले दाङमा स्कोडा गाडीको बजरा विस्तारका लागि आफ्नो तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । यस्तै विशिष्ट अतिथि उद्योग वाणिज्य संघका निर्वतमान केन्द्रीय सदस्य ध्रुबराज श्रेष्ठले गाडीका विशेषताहरु मन परेको भन्दै नेपाली भूगोलमा यस्ता गाडीहरु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य सघं दाङका निर्वतमान अध्यक्ष नारायण भुषाल, पूर्व अध्यक्ष चन्द्रराज पन्त, नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष सविन प्रियासन, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डप शर्मा लगायतको उपस्थिति रहेको थियो ।

महादेवा अटोमोवाइल प्रा.लिका प्रवन्धक रुद्र शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रकाश पुनले गर्नुभएको थियो । यसैबीच आज नै स्कोडा गाडीको बुकिङ गर्नेलाई विशेष अफर रहेको कम्पनीले जानकारी दिएको छ । कार्यक्रम सञ्चालन अवधिमा नै तीन जनाले गाडीको बुकिङ गर्नुभएको थियो । आनन्द कुमार चौधरी, प्रेम गौतम, रामसिंह रोकाले गाडीको बुकिङ गर्नुभएको थियो ।

एउटा गाडीको विक्रिसमेत भएको थियो । दाङ जिल्ला व्यवसायी पारस बन्नेतले गाडी खरिद गर्नुभएको थियो । बस्नेतलाई स्काडो गाडीका सेल्स म्यानेजर थापाले गाडीको चाँबी हस्तान्तरण गर्नुभएको थियो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।