माओवादी नेता पुन चीनबाट चार्टर्ड विमानबाट स्वदेश फर्किंदै

माओवादी नेता पुन चीनबाट चार्टर्ड विमानबाट स्वदेश फर्किंदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन (अनन्त) चीनमा स्वास्थ्य उपचार गराएर आज स्वदेश र्फकंदै छन् । पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ आज बेलुका चार्टर विमानमार्फत पुन नेपाल आउन लागेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

सुरुमा बैंकक र त्यसपछि चीनमा उपचार गराएका पुनले पूर्णस्वास्थ्यलाभ गरी स्वदेश फर्किन लागेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् । नेता पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार भएको थियो । वंशाणुगत जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए । बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि १० मंसिरमा चीन लगिएको थियो ।

हाल उनको शरीरमा बिलुरुबिन (जण्डिस) को मात्रा नियन्त्रित अवस्थामा रहेको पारिवारिक स्रोतले बताएको छ । स्वस्थ मानिसमा बिलुरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने भए पनि बैंकक जाने बेला पुनमा बिलुरुबिनको मात्रा ३४ थियो।

Europass CV in Nepal

पार्टीको महासचिव पदको दावेदार पुनलाई पर्खिएर माओवादी केन्द्रले पदाधिकारी चयन गरेको छैन । पदाधिकारी छान्न माओवादीले यही माघ २७ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।

गत पुसमा काठमाडौंमा आयोजित माओवादी केन्द्रको आठौं महाधिवेशनले केन्द्रीय सदस्यमात्रै चयन गरेको थियो । ती केन्द्रीय सदस्यहरुको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको थियो । अनलाइनखबरबाट 

Europass CV in Nepal