मुख्य सामग्रीमा जानुहोस्
Friday, 13 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

प्रहरीको मोटरसाइकलमा भागेका कारागार नाइके यमराज भारतमा पक्राउ

Himali Patrika 1 मिनेट पढाइ

घोराही कारागारका फरार नाइके यमराज परियार भारतमा पक्राउ परेका छन्। भारतबाट आजै उनलाई घोराही ल्याइनेछ। उनलाई पक्राउ गरिएको एक प्रहरी अधिकृतले जानकारी दिए। परियार पुस ८ गते दिउँसो प्रहरीको मोटरसाइकल लिएर फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालयले सोमबार बेलुका पत्रकार सम्मेलन आयोजना गरेको छ। तर एसपी सुरेश काफ्लेले चार बजेपछि मात्रै घटनाबारे बताउन मिल्ने बताएका छन्।सिआइबीको टोली पनि परियारको खोजीमा लागेको थियो। उनी बस्ने ठाउँको एकीन गरेपछि दुई दिन अगाडि डिएसपी मुकुन्दप्रसाद रिजाल भारत पुगेका थिए।

गएराति रिजालले आफ्नो फेसबुकमा त्यसको संकेत गरेका थिए। उनले ‘मिसन एनकाई ओभर’ लेखेका थिए। कर्तव्य ज्यान मुद्दामा साढे ७ बर्ष कैद भुक्तान गरिसकेका नाइके परियारलाई जिल्ला अदालतले २० वर्ष कैद सजाय तोकेको थियो।

भारतीय समकक्षीहरुका समन्वयमा परियारलाई पक्राउ गरिएको प्रनाउ रिजालले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरी कैदी परियारलाई सार्वजनिक गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका १५ स्थित जमुनाह नाकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उपचारका लागि भन्दै अस्पताल लगिएका परियार गत पुस ८ गते साथमा गएका प्रहरी जवानको मोटरसाईकल लिएर भागेका थिए । २० वर्ष कैद सजाय तोकिएका परियारले अहिलेसम्म साढे सात वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।