मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

रेडक्रस सोसाइटी घर्तिगाउँ उपशाखाको अधिवेशन सम्पन्न, सभापतिमा पुन: मान बहादुर सर्वसम्मत

Himali Patrika 1 मिनेट पढाइ

माघ-१० रोल्पा । नेपाल रेडक्रस सोसाइटी घर्तिगाउँ उपशाखाको १३ औं साधारण सभा तथा ५ औं अधिवेशन घर्तिगाउँमा सम्पन्न भएको छ । उपशाखा सभापति मान बहादुर घर्तिको अध्यक्षता एवम् माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनको प्रमुख आतिथ्यमामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला सभापति डिबी घर्तिमगर, पूर्व सभापति एवम् केन्द्रिय सदस्य नौलसिंह पुन, जिल्लाका मन्त्री अमर घर्तिमगर लगाएतको उपस्थिति रहेको थियो । साधारण सभामा प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

अधिवेशनले आगामी कार्यकालका लागि लाई सभापतिमा पुन मान बहादुर घर्तिमगर चयन गरेको छ जसको उपसभापति कमारी घर्तिमगर, सचिवमा पशुपति घर्तिमगर, कोषाध्यक्षमा कमल घर्तिमगर, सह-सचिवमा भिउराज वली, सह कोषाध्यक्ष शशिराम बुढामगर सदस्यहरूमा राम बहादुर घर्तिमगर, मधुसुदन बुढा, लालवीर घर्तिमगर, सुशिला घर्तिमगर र चन्द्रे कामी चयन भएका छन । उद्घाटन समारोहमा उपशाखा उप सभापति वन्दना घर्तिमगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन उप शाखा सचिव यज्ञ बहादुर डाँगीले गर्नुभएको थियो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।