आईफोन १३ मा अचानक यस्तो समस्या , प्रयोगकर्ताहरु समस्यामा

आईफोन १३ मा अचानक यस्तो समस्या , प्रयोगकर्ताहरु समस्यामा

आईफोन १३ प्रयोगकर्ताहरुले अचानक स्क्रीन पिकं रगंको हुने गरेको गुनासो गरेका छन् । ग्राहकहरुका अनुसार पुरै स्क्रीननै पिकं रगंको भएपछि फोनमा केही पनि नचल्ने हुने गर्दछ र प्रयोगकर्ताले फोनलाई पुनः स्टार्ट गरेर मात्रै चलाउन सक्छन् ।

एप्पल डिस्कसन फोरममा एक प्रयोगकर्ताले आफ्नो आईफोन १३ प्रो स्क्रीन चलाउँदा चलाउँदै क्रयास भएर पिकं रगंको हुने गरेको उल्लेख गरेका छन् । ती प्रयोगकर्ताको आईफोन कम्पनीले साटिदिएता पनि धेरै अरु प्रयोगकर्ताले पनि यो समस्या भईरहेको बताउन थालेका छन् ।

केही ग्राहकहरुलाई कम्पनीले नयाँ आईफोन १३ प्रदान गरेको थियो तर सबैले यस्तो सुविधा पाउन सकेका छैनन् । पछिल्लो समय यस्तो समस्या धेरै प्रयोगकर्ताहरुमा देखिन थालेको छ। एप्पलले यो सफ्टवेयर बग रहेको बताएको छ ।

यस्तो समस्या किन हुने गर्दछ भनेर अझै थाहापाउन सकिएको छैन् तर यो समस्या धेरैजसो आईफोन १३ सिरिजमा मात्रै हुने गरेको पाइएको छ । एप्पलले प्रयोगकर्ताहरुलाई आफ्नो डेटा ब्याकअप गर्न र पछिल्लो अपडेटहरु इन्स्टल गर्न सुझाव दिएको छ ।