यस कारण श्रीलंका पूरै अँध्यारोमा डुब्दैछ

यस कारण श्रीलंका पूरै अँध्यारोमा डुब्दैछ

काठमाडौं। श्रीलंकाको ऊर्जा संकट यतिसम्म गहिरिएको छ कि अहिले त्यहाँका जनता दैनिक केही घण्टा अँध्यारोमा बाँच्नु परिरहेको छ । देशमा इन्धनको भारी कमी छ जसका कारण विद्युत कटौती गरिएको छ । सोमबार श्रीलंकामा जनताले एक घण्टाको विद्युत कटौती झेल्नुपरेको छ । आज मंगलबार विद्युत कटौतीको समय बढेर २ घण्टा हुँदैछ । यही अनुपातमा विद्याुत कटौती बढ्दै जाने हो भने केही दिनमै श्रीलंका पूरै अँध्यारोमा डुब्नेछ ।

सिलोन इलेक्ट्रिसिटी बोर्ड इन्जिनियर्स युनियन (सीइबीइयु) ले यसको जानकारी दिँदै इन्धनको कमीको कारण पर्याप्त विद्युत उत्पादन हुन नसकेको बताएको छ । सीइबीइयुका सदस्य एरंगा कुदाहेवाका अनुसार मंगलबारदेखि दैनिक दिउँसो साढे १ बजेदेखि राती साढे ९ बजेको बीच २ घण्टा विद्युत काटिनेछ । मिडियासँग कुरा गर्दै कुदाहेवाले भने ‘भट्टीको तेल (फर्नेस आयल) को कमीका कारण सपुगस्कंद पावर प्लान्ट पूर्ण रुपमा बन्द भएको छ र कोलम्बो बन्दरगाहमा बार्ज पावर प्लान्टमा केवल ६ देखि ७ घण्टा विद्युत उत्पादन गर्नको लागि फर्नेस आयल बाँकी छ ।’

कुदाहेवाका अनुसार चुन्नकम, जाफनामा उथुरु जननी पावर स्टेशनमा लगभग अढाइ दिनको लागि फर्नेस आउल छ । केलानितिसा संयन्त्रमा केवल साढे ३ दिनको लागि डिजेल बाँकी छ । कुदाहेवाका अनुसार रातमा पिक आवरमा १०० मेगावाट विद्युत कमी हुन्छ त्यसैले रातको समयमा विद्युत कटौती गरिएको छ ।

श्रीलंकाले विदेशी मुद्राको कमीको सामना गरिरहेको छ । यसकारण श्रीलंकासँग इन्धन आयातको लागि डलरको भारी कमी छ । श्रीलंकाको सरकारी तेल र ग्यास कम्पनी सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी) ले यही कारण देशको सबैभन्दा ठूलो विद्युत उत्पादक कम्पनी सिलोन इलेक्ट्रिसिटी बोर्ड (सीइबी) लाई इन्धन र फर्नेस आउस आपूर्ति गर्न सकिरहेको छैन ।

देशमा जलविद्युतको आपूर्तिमा पनि असर परेको छ किनकि हाइड्रोपावर उत्पादनको लागि जलाशयमा पर्याप्त जलस्तर छैन । देशका ठूला पावर प्लान्टमध्येको नोरोचचोलाइ कोइला विद्युत संयन्त्र बन्द गरिएको छ जसका कारण देशमा विद्युत संकट अझै गहिरिएको छ । सीइबीसँग जनवरीको सुरुवातमै इन्धनको कमी भएको थियो । त्यसपछि बोर्डले १ घण्टा ४५ मिनेट विद्युत कटौतीको सिफारिस गरेको थियो । तर, सीपीसीले सीइबीलाई फर्नेस आयल र डिजेलको केही स्टक आपूर्ति गरेपछि विद्युत कटौती केही समयको लागि टरेको थियो ।

विदेशी मुद्रा भण्डारको कमीका कारण श्रीलंकालाई विद्युत उत्पादनका साथै दैनिक परिवहन र देशका अन्य खपतको लागि फर्नेस कायल र इन्धन प्राप्त गर्न निकै कठिनाइ भइरहेको छ । विद्युत मन्त्री गामिनी लोकुगेले भने सरकारी विद्युत संयन्त्रमा निर्भर रहनुको सट्टा देशका स्वतन्त्र पावर सप्लायरसँगबाट अधिक विद्युत खरिद गर्ने प्रयास भइरहेको दावी गरेका छन् ।

लोकुगेले एक पत्रकार सम्मेलनमा मिडियासँग भने ‘हामी सधैं कुनै कटौती बिना विद्युत उपलब्ध गराउने प्रयास गर्छौं । म देखिरहेको छु कि हर कोही अप्रत्यक्ष रुपले यो भन्ने कोसिस गरिरहेका छन् कि हामी स्वतन्त्र ताप विद्युत संयन्त्रमा निर्भर रहनुपर्छ । उनीहरु हाम्रा आफ्ना मेसिन प्रयोग गरेर विद्युत उत्पादन गर्ने तरिकाको बारेमा सोचिरहेका छैनन् ।’ यो पत्रकार सम्मेलन विद्युत मन्त्रीको निवासमै आयोजना गरिएको थियो र त्यतिबेलै विद्युत कटौती पनि भइरहेको थियो ।

पत्रकार सम्मेलनमा लोकुगेले भने ‘मैले आज राष्ट्रपति गोटाबाया राजापाक्षेसँग यस विषयमा चर्चा गरेको छु । राष्ट्रपतिले फर्नेस आयल किन्नको लागि पैसाको व्यवस्था गर्न केन्द्रीय बैंकका गभर्नरसँग कुरा गर्न भन्नुभएको छ । केही मात्रामा फर्नेस आयल हामीले बन्द गरेका विद्युत संयन्त्रमा पनि बाँकी रहेको बलाई बताइएको छ । लगभग २ हजारदेखि २५ सय टन फर्नेस आयल बाँकी छ । मैले अधिकारीहरुलाई यतातिर ध्यान दिन र यो तेल अहिले काम गरिरहेका विद्युत संयनत्रमा पुर्याउन भनेको छु ।