के कोरोनाको खतरनाक भेरियन्ट ‘नियोकोभ’ फैलिँदैछ ?

के कोरोनाको खतरनाक भेरियन्ट ‘नियोकोभ’ फैलिँदैछ ?

काठमाडौं । केही वर्षयता कोरोना भाइरसले सर्वत्र सन्त्रास फैलाइरहेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणले लाखौंको ज्यान लियो । यसले कतिपयलाई अस्पतालको शैयामा पुर्‍यायो भने कतिपयलाई शारीरिक र मानसिक रुपमा शिथिल बनाइदियो । कोरोना संक्रमण बढ्दै जाँदा विश्वकै जनजीवन प्रभावित बन्यो ।

यतिबेला कोरोनाको ओमिक्रोन भेरियन्टले विश्वलाई त्रसित बनाइरहेको छ । यो आतंक मत्थर हुन पाएकै छैन, कोरोनाकै अर्को भेरियन्ट ‘नियोकोभ’ फैलिने जोखिम रहेको चर्चा हुन थालेको छ । चिनियाँ वैज्ञानिकहरुले उक्त खतरनाक भेरियन्ट फैलनसक्ने भन्दै सर्तक रहन सुझाव समेत दिएका छन् ।

चीनको वुहानका वैज्ञानिकहरुले नयाँ भरियन्ट ‘नियोकोभ’ तुलनात्मक रुपमा निकै खतरनाक भएको दाबी गरेका छन् । यसको संक्रमण हुनेमध्ये तीनमा एक जनाको मृत्यु हुनसक्ने उनीहरुले चेतावनी दिएका छन् । वैज्ञानिकका अनुसार कोरोनाको यो भेरियन्ट दक्षिण अफ्रिकामा पत्ता लागेको हो । हुन त, अहिलेसम्म यो भाइरसको संक्रमण मान्छेमा देखिएको छैन । यद्यपि चमेरोमा भने यो भाइरस देखिएको छ ।

Europass CV in Nepal

चीनका वैज्ञानिकको चेतावनी

कोरोना भाइरसको नयाँ भेरियन्ट नियोकोभलाई लिएर चीनका वैज्ञानिकले विश्वलाई चेतावनी दिएका छन् । यो भेरियन्टको बारेमा शोध गर्ने वैज्ञानिकले भनेका छन्, ‘यो नयाँ भेरियन्ट एकदमै बढी संक्रामक र खतरनाक छ ।’

वैज्ञानिकले यस नयाँ शोधलाई वेबसाइटमा प्रकाशित गरेका छन् । शोधपत्रमा भनिएको छ, कोरोनाको नयाँ भेरियन्ट नियोकोभ र त्यसको सहयोगी भेरियन्ट पीडीएफ–२१८० कोभले मान्छेलाई एकदमै तीव्र रुपमा संक्रमित गर्न सक्छ । यस सोधमा लेखिएको छ, यस भाइरसको संक्रमण हुने तीनमध्ये एक जनाको मृत्यु हुनसक्छ ।

वुहान विश्वविद्यालय र चाइना एकेडेमी अफ साइन्सेसका वैज्ञानिक र शोधकर्ताले नियोकोभ भाइरसबारे चेतावनी दिएका हुन् । वैज्ञानिकका अनुसार कोरोनाको नयाँ भेरियन्ट नियोकोभले मानिसलाई संक्रमित बनाउन केवल एक म्युटेसन भए पुग्छ । चीनका वैज्ञानिकले चेतावनी दिएसँगै रुसका सरकारी भाइरोलोजी शोध केन्द्रले पनि यस विषयमा आफ्नो धारणा राखेको छ । रुसका सरकारी भायरोलोजी शोध केन्द्रका अनुसार चीनका वैज्ञानिकले जारी गरेको आँकडा अनुसार उक्त भेरियन्ट अहिलेसम्म मान्छेलाई संक्रमित गर्न सक्षम छैन । उनीहरुले यसको जोखिमलाई मध्यनजर गर्दै थप खोज अनुसन्धानको जरुरी छ ।

दक्षिण अफ्रिाकाको चमेरामा भेटिएको थियो नयाँ भाइरस

कोरोनाको यो नयाँ भेरियन्ट दक्षिण अफ्रिकामा पाइएको हो । यस भेरियन्टको पुष्टि अहिलेसम्म चमेरामा मात्र भएको छ । वुहान युनिभर्सिटी र चाइनीज एकेडेमी अफ साइन्सेस, इन्स्टिच्युट अफ बायो फिजिक्सका वैज्ञानिक एवं शोधकर्ताले भनेका छन्, अहिले यो भाइरस पंक्षीमा देखिएको भएपनि यसले मान्छेलाई संक्रमित गर्न सक्छ ।

 

Europass CV in Nepal