हजुरबुवाको सम्झनामा खोलामा काठेपुल निर्माण

हजुरबुवाको सम्झनामा खोलामा काठेपुल निर्माण

रुकुम पश्चिम ।  आफ्ना स्वर्गीय हजुरबुवाको सम्झनामा जिल्लाको विकट गाउँमा पुल निर्माण गरिएको छ । जिल्लाको आठबीसकोट नगरपालिका–५ गोतामकोटमा पर्ने घट्टेखोलामा काठेपुल निर्माण गरिएको हो ।

स्थानीय भण्डारी गाउँका लालबहादुर भण्डारीले आफ्नो स्वर्गीय हजुरबुवा प्रवीर भण्डारीको सम्झनामा घट्टेखोलामा काठेपुल बनाउनुभएको हो । घट्टेखोलामा बर्खाको समयमा स्थानीयलाई वारपार गर्न समस्या हुने भएकाले पुल बनाइएको भण्डारीले बताउनुभयो ।

यसअघि बनाइएको लाप्को खोलाले बगाएपछि वारपार गर्न गाउँवासीलाई सास्ती भएको थियो । अब पुलसँगै बार समेत लगाइएकोले खोला वारपार गर्न सजिलो हुने स्थानीयको विश्वास छ । काठे पुल करिब एक लाख लगानीमा निर्माण भएको भण्डारीले बताउनु भयो । लालबहादुरका हजुरबुवा प्रवीरको ८२ वर्षको उमेरमा २०७८ मंसिर २९ गते निधन भएको हो ।

Europass CV in Nepal

Europass CV in Nepal