मुख्य सामग्रीमा जानुहोस्
Sunday, 27 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

पूर्णरुपमा मौसम खुल्न समय लाग्ने, न्यूनतम तापक्रम घट्दै

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डाै । आज पहाडी जिल्लाको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा भने बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । यस्तै, उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपात हुने मौसमविद् सजिना शाक्यले बताउनुभयो । आज दिउँसाे काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा घाम लाग्ने छ । सँगै बादल पनि लाग्ने उहाँले बताउनुभयो ।

उहाँकाअनुसार पूर्णरुपमा मौसम खुल्न समय लाग्ने छ । यस्तै, रातको समयमा आकाश सफा हुन थालेसँगै चिसो झन् बढेको छ । काठमाण्डौसहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम घट्न थालेको छ । दिउँसाेको समयमा केही न्यानो भए पनि बिहान बेलुका चिसो छ ।

आज काठमाण्डौको बिहानको न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । यो पौने ६ बजेको मापन गरिएको न्यूनतम तापक्रम हो । हिजोको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री सेल्सियस थियो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।