अष्ट्रेलियामा ‘ओमिक्रोनको छोरा भेरियन्ट’ फैलियो

अष्ट्रेलियामा ‘ओमिक्रोनको छोरा भेरियन्ट’ फैलियो

काठमाडौं । अष्ट्रेलियामा ओमिक्रोनको ‘सब भेरियन्ट’ फैलिएको छ । थोरै संख्यामा यसका संक्रमित फेला परेको अधिकारीले बताएका हुन् । अष्ट्रेलियाका केही राज्य र क्षेत्रमा ‘बीए.२’ नामक ओमिक्रोनको सब भेरियन्ट (सह-प्रजाति)का संक्रमित फेला परेको अधिकारीहरूले बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य विभागकी एक प्रवक्ताले थोरै व्यक्तिमा यो सब भेरियन्टको संक्रमण पुष्टि भएको बताएकी हुन् । यो सब भेरियन्टलाई नजिकबाट नियालिरहेको पनि ती प्रवक्ताको भनाइ थियो ।

अधिकारीका अनुसार न्यू साउथ वेल्समा बीए.२ का ३ जना संक्रमित फेला परेका छन् भने क्विन्सल्याण्ड र नर्दन टेरिटरीमा १-१ जना संक्रमित भएका छन् ।

मिडियामा ‘ओमिक्रोनको छोरा’ र ‘चोर भेरियन्ट’ भन्न थालिएको बीए.२ सब भेरियन्ट ओमिक्रोनभन्दा संक्रामक ठानिएको छ । हालसम्म यो सब भेरियन्ट ४० भन्दा बढी मुलुकमा फैलिइसकेको छ । डेनमार्कमा सक्रिय रुपमा देखा पर्न थालेको यसलाई त्यहाँका अधिकारीले ओमिक्रोनभन्दा २ गुणा संक्रामक भएको अनुमान गरेका छन् ।

Europass CV in Nepal

विश्व स्वास्थ्य संगठनले भने यसलाई चिन्ताजनक भेरियन्टमा राखेको छैन । तर, यसबारे अध्ययन गर्नुपर्ने संगठनको भनाइ छ । पछिल्लो समय अष्ट्रेलियामा कोभिड-१९ बाट ज्यान गुमाउनेको संख्या ह्वात्तै बढिरहेका बेला ओमिक्रोनको सब भेरियन्टका संक्रमित फेला परेका हुन् । त्यहाँ शुक्रबार र शनिबार कोरोना भाइरसबाट झण्डै २०० जनाको मृत्यु भएको छ ।

हालसम्म अष्ट्रेलियामा कोभिड-१९ बाट कूल तीन हजार ६०० जनाको मृत्यु भएको छ । यसमध्ये गत महिना मात्रै ज्यान गुमाउनको संख्या एक हजारभन्दा रहेको छ । गत हप्तामात्रै ५०० जना संक्रमितको मृत्यु भएको आरटी डटकमले जनाएको छ ।

Europass CV in Nepal