गुर्जो सेवनका कारण म गम्भीर स्वास्थ्य समस्यामा परेँ : नेता पुन

गुर्जो सेवनका कारण म गम्भीर स्वास्थ्य समस्यामा परेँ : नेता पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ले आफूलाई गुर्जो सेवनका कारण स्वास्थ्यमा जटिलता आएको बताएका छन् ।

माओवादी केन्द्रका महासचिवको बलिया दावेदारका रुपमा रहेका नेता पुनले एक टिभी कार्यक्रममा बोल्दै जडिबुटी सेवन नगर्नु भनेको अवस्थामा गुर्जो खाँदा थप जटिल बनेको बताएका हुन् ।

‘डाक्टरहरुले हर्बल तथा जडिबुटी नखानु भन्नुभएको थियो । तर पछिल्लो समय कोरोनाको पहिलो-दोस्रो लहरमा साथीभाइ सबैले गुर्जो दिए अनि टुक्रा राखेर ग्रीन टी जसरी खाइयो,’ उनले भनेका छन्, ‘५\६ महिना त्यसरी खाएको त्यसले लिभरमा ‘टकसिक’को रुपमा असर गरेको पाइयो।’

Europass CV in Nepal

उनले गुर्जोका कारण आफूलाई समस्या थप गरेको र साथीहरुको पनि गुर्जोले लिभरमा समस्या पारेको सुनाएकाले पुष्टि भएको बताएका छन् । नेता पुनलाई सन १९८९ तिर जन्डिस देखिएको थियो । त्यसबेलादेखि नै उनले जन्डिसको उपचार गराउँदै आएका थिए ।

वि.सं. २०५२ तिर जाँच गर्दा वंषाणुगत जन्डिस भएको पत्तो लागेको उनको भनाइ छ । त्यसअघि परिवारमा कसलाइ उक्त समस्या थियो भन्ने चाहिँ थाहा नभएको उनको भनाइ छ । पछि समान्य उपचार गराउँदा निको हुँदै आएकामा योपटक भने बढी नै सिकिस्त भएको उनले बताए ।

‘पहिले सामान्य उपचार गर्ने ठीक हुने हुँदै आएको थियो । कहिलेकाहीँ सामान्य बढ्ने घट्ने गर्दा आँखा, छाला, पहेँलो हुने गर्दथ्यो,’ उनले भने, ‘२०५९ त्यसपछि २०७३ सालमा नेपाल भारतका साथै बैंककमा उपचार गर्दा राम्रो भएको थियो । तर अहिले गम्भीर भएँ । बैंककमा पनि निको भएन । चीनमा मात्रै निको भएँ ।’

उनले २०७३ सालमा बैंककमा उपचार गराएको बेला हर्बल तथा जडिवुटी औषधि खाएको बताएका थिए, तर त्यो नखान भनी चिकित्सकले सुझाव दिएको उनको भनाइ छ । त्यो रोकेपछि आँफै जन्डिस कन्ट्रोल भएको उनले बताए ।

नेता पुनले भने, ‘हर्बल तथा जडिबुटी औषधि खाएको थिएँ । तर त्यो बेला चिकित्सकहरुले नखानु भन्नुभएको थियो । विस्तारै त्यसलाई पनि क्लियर गरेको थिएँ। त्यो सँगै ठिक पनि भएको थियो।’

नेता पुनको बैंककमा करिब २ महिना र चीनमा पनि २ महिना उपचार गराएर केही दिनअघि मात्र स्वदेश फर्किएका छन् । उनमा वंषाणुगत जन्डिस (पहेँले) भएको चिकित्सकहरुको निष्कर्ष छ । न्यूज२४बाट 

Europass CV in Nepal