देउवा र अ‍ोलीबीच आधा घण्टा टेलिफोन-वार्ता, गठबन्धन तोड्न ओलीको प्रस्ताव

देउवा र अ‍ोलीबीच आधा घण्टा टेलिफोन-वार्ता, गठबन्धन तोड्न ओलीको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच फोनवार्ता भएको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दिएको जानकारीअनुसार दुई नेताबीच हिजो (आईतबार) फोनमा करिब आधा घण्टा कुराकानी भएको थियो ।

उक्त कुराकानीमा प्रधानमन्त्री देउवालाई ओलीले गठबन्धन तोड्न प्रस्ताव गरेका थिए । आज राति ८ः०० बजे प्राइम टिभीबाट प्रसारण हुने कार्यक्रममा जनता जान्न चाहन्छन् कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले देउवा ओली टेलिफोन वार्ताबारे खुलासा गरेका छन् ।

पछिल्लो समय एमसीसी सदनबाट पारित गर्ने विषयमा पाँच दलीय गठबन्धनमा खटपट सुरु भैरहेको बेला प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच गम्भीर राजनीतिक वार्ता भएको छ । ओलीले गठबन्धन तोड्न र एकल सरकार चलाउन सहयोग गर्ने पनि प्रस्ताव गरेको बुझिएको छ । प्रधानमन्त्री देउवाले गत पुष २४ गते बालकोट पुगेर ओलीसँग लामो कुराकानी गरेका थिए ।

Europass CV in Nepal

प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी सदनबाट अनुमोदन गराउन चाहन्छन् । उनले गठबन्धनका नेताहरुसँग पनि यो कुरा सेयर गरिरहेका छन् । उनले एमसीसी पास गराउन सहयोग नगरे गठबन्धन तोड्ने चेतावनी दिएका छन् । यही विषयलाई लिएर अहिले गठबन्धनका शीर्ष नेताहरुको दौडधुप चलिरहेको छ ।

Europass CV in Nepal