जनसंख्या घटेको पाइएपछि रामेछापको खाँडादेवी गाउँपालिकाले आफैं जनगणना गर्न थाल्यो

जनसंख्या घटेको पाइएपछि रामेछापको खाँडादेवी गाउँपालिकाले आफैं जनगणना गर्न थाल्यो

गाउँपालिकाले ३ वर्षअघि लिएको जनसंख्याभन्दा कम मात्र होइन, कायम रहेका बालिग मतदाताभन्दा पनि थोरै जनसंख्या रहेको विवरण सार्वजनिक भएपछि खाँडादेवीले सहजकर्तामार्फत जनगणना थालेको हो ।

‘हाम्रो पालिकामा जनगणना प्रभावकारी भएन,’ अध्यक्ष प्रेमबहादुर तामाङले भने, ‘त्यसैले फेरि हरेक घरघरमा पुगेर विवरण संकलन गर्न सहजकर्ता परिचालन गरिसकेका छौं ।’ राष्ट्रिय जनगणना २०७८ अनुसार पालिकाको जनसंख्या १९ हजार ३ सय ८१ छ । ‘यति मात्रै हाम्रो जनसंख्या हैन, करिब ९ हजार जनसंख्या छुटेको छ,’ उनले भने ।

पालिकामा मतदाताको संख्या २२ हजार १ सय ६० छ । मतदाता नामावलीमा नाम नभएका करिब ६ हजार बालबालिकाहरू विद्यालयमा अध्ययन गर्छन् । ‘यो हिसाबमा ९ हजार जनसंख्या छुटेको अनुमान मेरो छ । अब हामीले संकलन गरेको विवरण तथ्यपरक आउँछ,’ उनले भने, ‘स्टिकर बनाएर पठाएका छौं, हरेक घरमा स्टिकर टाँस गरेरै जनसंख्याको विवरण लिने काम भइरहेको छ ।’ राष्ट्रिय जनगणनाका क्रममा पालिकासँग समन्वय नभएको, कुनै बैठक या जानकारीसमेत नदिएर काम गरेकाले उक्त तथ्यांक भरपर्दो नभएको आरोप उनले लगाए ।

Europass CV in Nepal

 

Europass CV in Nepal