मुख्य सामग्रीमा जानुहोस्
Sunday, 27 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

गुद्वारमा करिब एक किलो सुन लुकाएर ल्याउने दावा विमानस्थलबाट पक्राउ

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं: करिब एक किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। एयर अरेबियाको विमानबाट नेपाल फर्किएका सिन्धुपाल्चोकका दावा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको विमानस्थल प्रहरी स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार दावाले गुद्वारमा करिब एक किलो सुन लुकाएर ल्याएका थिए। आशंका लगेपछि विमानस्थल प्रहरीले सोधपुछ गर्दा उनले गुद्वारबाट सुन लुकाएर ल्याएको बयान दिएका थिए। दावाले ०९३६८६१८ नम्बरको पासपोर्टबाट गत नोभेम्बर १६ मा दुबई गएका थिए। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विमानस्थल प्रहरी प्रमुख एसएसपी भीम ढकालका अनुसार दावाले गोप्य अंगमा र पेटभित्र लुकाएर ल्याएको बताए। ‘चेकजाँचको क्रममा एक्सरे गर्दा कट्टु र पेटभित्र पनि सुन देखिएपछि नियन्त्रणमा लिएका थियौं,’ एसएसपी ढकालले अन्नपूर्णसँग भने।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।