मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

नेपालमा ओमिक्रोनको ‘सब भेरियन्ट’ सक्रिय बन्न थाल्यो : डब्ल्यूएचओ

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । विश्व स्वास्थ्य संगठनका एक अधिकारीले कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहितका मुलुकमा सक्रिय बन्न थालेको बताएका छन् । मंगलबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को कोभिड प्रतिकार्य टोलीका सदस्य डा. बोरिस पाभलिनले अनलाइनमार्फत् ब्रिफिङ गर्दै ओमिक्रोनको ‘सब भेरियन्ट’ (सहप्रजाति) बीए.२ नेपालसहित कतार, भारत, फिलिपिन्स र डेनमार्कमा सक्रिय बन्न थालेको बताएका हुन् ।

तर, ‘बीए.२’ सब भेरियन्ट सुरुको ओमिक्रोन भेरियन्ट बीए.१ जस्तै भएको पनि पाभलिनको भनाइ थियो । बीए.२ ले बीए.१ सब भेरियन्टलाई उछिन्न थालेको भए पनि अस्पताल भर्ना हुने संक्रमितको संख्या नबढेको उनले बताए ।

पाभलिनले भने, ‘बीए.२ ले उछिन्न थालेका मुलुकमा हेर्ने हो भने अस्पताल भर्ना हुनेको संख्या सोचभन्दा बढी नभएको देखिरहेका छौं ।‘ विद्यमान खोपले ओमिक्रोन र यसका सब भेरियन्टविरुद्ध निकै राम्रो काम गरेको पनि उनको भनाइ थियो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।