रुस–युक्रेन सम्भावित युद्ध रोक्न अपिल गर्दै बुटवलमा शान्ति समाजको प्रदर्शन

रुस–युक्रेन सम्भावित युद्ध रोक्न अपिल गर्दै बुटवलमा शान्ति समाजको प्रदर्शन

बुटवल । रुस र युक्रेनबीच सम्भावित युद्ध रोक्न अपील गर्दै मानव अधिकार तथा शान्ति समाजले बुटवलमा प्रदर्शन गरेको छ । रुस र युक्रेनबीच बढ्दो तनाव अन्त्य गर्न र युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्न अपील गर्दै समाजले बुटवलको चौराहामा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले रुस र युक्रेनलाई युद्ध रोक्न, शान्ति प्रवद्र्धन गर्न र जनताको शान्तिको अधिकारको सम्मान गर्न अपील गरिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।प्रदर्शनपछि बोल्दै शान्ति समाजका सभापति गोविन्द खनालले रुस र युक्रेनबीच संभावित युद्ध टार्न संयुक्त राष्ट्रसंघसहितका अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

युद्धले क्षति मात्रै हुने र कसैले पनि नजित्ने तर्क गर्दै सभापति खनालले शान्तिपूर्ण मार्गबाट नै सबैको जित हुने बताए । नेपाली कांग्रेस बुटवलका सचिव प्रजापाल गिरीले रुस–युक्रेन सम्भावित युद्ध टार्न विश्वभरका राजनीतिक दलहरुले समेत दुबै देशलाई दबाव दिनुपर्ने धारणा राखे ।

Europass CV in Nepal

Europass CV in Nepal