अस्ट्रेलियामा खानेबस्ने समस्या झेल्दै विद्यार्थी

अस्ट्रेलियामा खानेबस्ने समस्या झेल्दै विद्यार्थी

पूर्वी लद्दाखमा रहेको पैंगोङ झिलमा चीनले अवैधरुपमा पुल बनाइरहेको भारतले आरोप लगाएको छ । केन्द्र सरकारले शुक्रबार संसद्लाई यसबारे जानकारी दिएको हो ।विदेश राज्यमन्त्री वी मुरलीधरनले संसदमा लिखित जवाफ दिँदै भने, ‘चीनको तर्फबाट पैंगोङ झिलमा पुल बनाउने काम भइरहेको छ ।

यो पुल त्यो क्षेत्रमा बनाइदैछ जुन सन् १९६२ देखि चीनको अवैध कब्जामा छ । भारत सरकारले यो अवैध कब्जालाई कहिले पनि स्वीकार गरेको छैन । सरकारले जम्मू–कश्मीर र लद्दाखको केन्द्र शासित प्रदेश भारतको अभिन्न अंग हो स्पष्ट पारेको छ र हामी आशा गर्छौँ कि अन्य देश भारतको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गरोस् ।’

उनले पूर्वी लद्दाखको एलएसीमा शान्ति कायम राख्नका लागि भारतले चीनसँग कूटनीतिक र सैन्य स्तरमा वार्ता जारी राखेको पनि जानकारी दिए । ‘हाम्रोको छलफल जहिले पनि तीन विन्दुमा केन्द्रित रहेको छ । पहिलो दुवै पक्ष एलएसीको कडाइले पालना र सम्मान गर्नुपर्छ । दोस्रो यथास्थितिलाई कायम राख्ने र तेस्रो कुनै पनि सम्झौता दुवै पक्षको पूर्ण सहमतिका साथ हुनेछ,’ सरकारको भनाइ छ ।

Europass CV in Nepal

चीनको यो पुलको चौडाइ आठ मिटर रहेको छ । यो पैंगोङको उत्तरी तटमा रहेको छ । यस क्षेत्रमा सन् २०२० मा भारतीय र चिनियाँ सैनिकबीच गतिरोध हुँदा चिनियाँ सेनाको फिल्ड अस्पताल र आवास पनि देखिएको थियो ।

 

Europass CV in Nepal