एमसीसीबारे पार्टीकाे अडान कायमै छ, यही अवस्थामा सम्झाैता स्वीकार्न सकिँदैन : नेता श्रेष्ठ

एमसीसीबारे पार्टीकाे अडान कायमै छ, यही अवस्थामा सम्झाैता स्वीकार्न सकिँदैन : नेता श्रेष्ठ

काठमाण्डाै ।  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) काे बारेमा पार्टीकाे दृष्टिकाेण र अडानप्रति भ्रममा नपर्न आग्रह गर्नुभएकाे छ । प्रधानमन्त्री शेरबहादुर र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखेको पत्र सार्वजनिक भएसँगै नेता श्रेष्ठले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘’प्रम देउवा र अध्यक्ष प्रचण्डद्वारा एमसीसी अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसीसी कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पङ्क्ति र सबैमा अनुरोध छ ।

यस्तै नेता श्रेष्ठले पार्टी दृढ रहेकाे, यथास्थितिमा एमसीसी स्वीकर गर्न र संसदीय अनुमोदन प्रक्रियामा अघि बढाउन नमिल्ने बताउनुभएकाे छ । ‘’पार्टी दृढ छ, यथास्थितिमा यो सम्झौता स्वीकर गर्न र संसदीय अनुमोदन प्रक्रियामा अघि बढाउन मिल्दैन, सकिँदैन, उहाँले लेख्नुभएकाे छ ।

Europass CV in Nepal

याे अनुदान सम्झौतालाई अन्तर्राष्ट्रिय सन्धि जस्तै संसदबाट पारित गराएर प्रचलित कानुनभन्दा माथि लैजान खोजिएको भन्दै चर्को विरोध भइरहेको छ । सम्झौता नेपालकै हितमा छ भन्ने प्रधानमन्त्रीसहित जिम्मेवार नेताहरूले समेत जनस्तरमा यसबारे प्रष्ट कुरा बुझाउन सकेका छैनन् ।

 

Europass CV in Nepal