कोरियाले बनायो नाकमात्रै छोप्ने अनौठो मास्क !

कोरियाले बनायो नाकमात्रै छोप्ने अनौठो मास्क !

काठमाडौं। कोरोना महामारीको यो समयमा मास्क हाम्रो अनिवार्य पहिरन जस्तै बनिसकेको छ । कोरोना भाइरसबाट जोगिनका लागि सबैभन्दा प्रभावकारी उपाय भनेकै मास्क हो । तर कतिपय मानिसहरुलाई नाकमुख छोप्ने मास्क लामो समयसम्म लगाउँदा स्वासप्रस्वासजन्य समस्या हुने गर्दछ ।

खानपिन गर्ने बेलामा त मास्क फुकाल्नैपर्ने हुन्छ सबैजनाले । यहीँ कुरालाई मध्यनजर गर्दै दक्षिण कोरियाको एक कम्पनीले अनौठो मास्क तयार गरेको छ जसले अहिले निकै चर्चा बटुलिरहेको छ ।

दक्षिण कोरियाली कम्पनी एटम्यानले यस्तो अनौठो मास्क बनाएको छ, जसले केवल नाक मात्र छोप्दछ । यो मास्क लगाएपछि मुख खुल्ला रहन्छ । त्यसैले यसलाई मास्क नभनी कोस्क (Kosk) नाम दिइएको छ ।

Europass CV in Nepal

यो मास्कको नाम प्यकप राख्नुका कारण चाहीँ कोरियन भाषामा नाकलाई बुझाउने शब्दलाई Ko भनिन्छ भनेर अन्तिम दुई अक्षर मास्ककै हिज्जेबाट लिएर Kosk बनाइएको हो ।

हुनत यो मास्क पूर्ण आकारमा पनि हुन्छ । तर फोल्ड गरेर केवल नाकमा मात्र पनि लगाउन सकिन्छ । यस्तो अनौठो डिजाइनका कारण खासगरी खानपिन गर्ने बेलाका लागि यो मास्क निकै उपयोगी देखिन्छ । खाने बेलामा समेत मास्क सबै फुकाल्नु पर्दैन र नाक छोपिरहन पाइन्छ । साथै नाकमुख छोपिँदा स्वास लिनै कठीन पर्ने मानिसहरुका लागि समेत उपयोगी हुन्छ ।

हाल अनलाइनमा बिक्रि भैरहेको यो मास्कलाई KF80 ट्याग दिइएको छ । जसमा K को अर्थ कोरियन र F को अर्थ फिल्टर हो । उत्पादक कम्पनीका अनुसार यसले ०.३ माइक्रोन कणहरुलाई समेत ८० प्रतिशत दक्षताका साथ फिल्टर गर्दछ । एजेन्सीको सहयोगमा

 

Europass CV in Nepal