बीबीसीको रिपोर्ट : चीनले नेपालको सीमा मिचेको सरकारद्वारा स्वीकार !

बीबीसीको रिपोर्ट : चीनले नेपालको सीमा मिचेको सरकारद्वारा स्वीकार !

नेपाल सरकारले चीनमाथि आफ्नो सीमा मिचेको आरोप लगाएको एक गोप्य दस्तावेजलाई उद्धृत गर्दै बीबीसीले समाचार प्रकाशित गरेको छ । चीनले आफ्नो सीमा मिचेको नेपालले पहिलोपटक आधिकारिकरुपमा स्वीकार गरेको समाचारमा उल्लेख गरिएको छ ।

चीनले हुम्लामा सीमा मिचेको समाचार आएपछि गत सेप्टेम्बरमा उक्त रिपोर्ट तयार गरिएको बताइएको छ । नेपाल र चीनबीच उत्तरमा १ हजार ४०० किलोमिटर लामो सीमा रहेको छ । नेपालस्थित चिनियाँ दूतावासले भने नेपालको सीमा नमिचेको बताउँदै आएको छ ।

गोप्य रिपोर्ट सार्वजनिक भएपछि सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छिमेकीसँग सीमाबारे समस्या कूटनीतिकरुपमा समाधान गरिने बताएका छन् । उक्त रिपोर्ट हालसम्म किन प्रकाशित भएन भनेर बीबीसीले समाचारमा प्रश्न समेत उठाएको छ । रिपोर्टले नेपाल र चीनबीच बढ्दो निकटतामा दबाब बढ्ने समाचारमा उल्लेख गरिएको छ ।

Europass CV in Nepal

​बीबीसीलाई प्राप्त रिपोर्टमा सीमामा चिनियाँ सुरक्षाकर्मीले गतिविधि बढाएको, लालुङजोङ स्थित नेपाली भूमिमा धार्मिक गतिविधि गर्न रोक लगाएको, नेपाली कृषकलाई वस्तुभाउ चराउन अवरोध गरेको उल्लेख छ । त्यस्तै, चीनले सीमा स्तम्भमा तार लगाउनका साथै नेपाली भूमिमा नहर र सडक बनाउने तयारी गरेको उल्लेख छ ।

तर, सीमाबारे अध्ययन गर्न गएको टोलीले यसअघि नेपाली भूमिमा बनाइएको भनिएको चिनियाँ भवन वास्तवमा चिनियाँ भूमिमा नै बनाएको पाएको रिपोर्टमा भनिएको छ । चिनियाँ बजारसँग आश्रित भएकाले त्यहाँ रहेका नेपालीहरूले सीमा समस्याबारे टोलीसँग धेरै कुरा गर्न नचाहेको रिपोर्टमा जिकिर गरिएको छ । रिपोर्टमा सीमामा नेपाली सुरक्षाकर्मीलाई तैनाथ गर्न सुझाव दिइएको छ ।

Europass CV in Nepal