मुख्य सामग्रीमा जानुहोस्
Saturday, 10 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

पाकिस्तानमा ४९ वर्षीय सांसदले गरे १८ वर्षीया युवतीसँग विवाह

Himali Patrika 1 मिनेट पढाइ

स्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) का ४९ वर्षीय नेता तथा सांसद आमिर लियाकत हुसैन आजकाल निकै चर्चामा छन् । लियाकत हुसैनले ट्वीटरमा आफूले १८ वर्षीया सैयदा दानियासँग विवाह गरेको जानकारी दिएका छन्। यो उनको तेस्रो विवाह हो। दुवैको उमेरमा करिब ३१ वर्षको अन्तर छ ।

लियाकत हुसैनले ट्वीट गरेको ठीक एक दिन अघि, उनकी दोस्रो पत्नी सैयदा टुबा अनवरले एक इन्स्टाग्राम पोस्टमा सम्बन्ध विच्छेदको जानकारी दिएकी थिइन्। उनले लेखेकी छिन्, ‘भारी मनले म मेरो जीवनमा आएको परिवर्तनको बारेमा मानिसहरूलाई जानकारी गराउन चाहन्छु। मेरो परिवार र नजिकका साथीहरूलाई थाहा छ कि १४ महिना हामी अलग भएपछि स्पष्ट भयो कि साथ हुने कुनै आशा छैन। मैले छुट्टिने विकल्प रोज्नु पर्यो।’

टुबा अनवरले यो पोस्टमा लेखेकी छन्, ‘यो कति गाह्रो थियो, म बताउन सक्दिनँ। म सबैलाई यो कठिन समयमा मेरो निर्णयको सम्मान गर्न अपील गर्दछु।’

पेशाले टिभी प्रस्तोता २८ वर्षीया टुबा अनवर र लियाकत हुसैनले २०१८ मा विवाह गरेका थिए । त्यसबेला लियाकत हुसैनकी पहिलो श्रीमतीले फोनमा आफूसँग सम्बन्धविच्छेद भएको दाबी गरेकी थिइन् । लियाकत हुसेनले दक्षिण पञ्जाबको लोधरानमा बस्ने सादत परिवारकी १८ वर्षकी सैयदा दानिया शाहसँग विवाह गरेको बताए । लियाकत हुसेनले आफ्ना शुभचिन्तकहरूलाई प्रार्थानाका लागि अपील गरे।

सामान्यतया श्रीमान् र श्रीमतीबीच ३१ वर्षको उमेरको अन्तर असाधारण हुन्छ । पाकिस्तानको कानुनले १८ वर्षको उमेरमा विवाह गर्न अनुमति दिएको छ ।

हुसैनको विवाहको बारेमा मानिसहरुले सामाजिक सञ्जालमा विभिन्न खाले आलोचना गरिरहेका छन्। कानूनले दिए पनि उमेर अन्तर यति धेरै हुनु गलत भएको मानिसहरुको भनाइ छ। बीबीसी हिन्दीबाट।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।