एमसीसी टेबल गर्न सभामुख सापकोटा तयार, एमसीसी पारित गराउने गठबन्धनको यस्तो रणनीति

एमसीसी टेबल गर्न सभामुख सापकोटा तयार, एमसीसी पारित गराउने गठबन्धनको यस्तो रणनीति

२ फागुन , काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा एमसीसी प्रतिनिधि सभामा टेबल गर्न तयार भएका छन् । उनले ४ फागुनको बैठकमा सरकारले प्रस्ताव गर्ने तयारी गरेको एमसीसी टेबल गर्ने तयारी गरेका हुन् ।

विश्वस्त स्रोतका अनुसार सभामुख सापकोटाले एमसीसी टेबल गर्ने सन्देश पठाइसकेका छन् । तर, उनले प्रतिनिधि सभाको अवरोध हटाउन जोड दिएका छन् । यसका लागि आज प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक डाकेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि सभामुख सापकोटाले सजिलो महशुश गरेको बुझिएको । २०६२ सालमा भएको अर्जुन लामा हत्या प्रकरणमा सभामुख सापकोटाविरुद्ध अदालतमा मुद्दा दायर गरे । यो मुद्दामा सम्भावित फैसलाबाट उनी भयभित थिए ।

Europass CV in Nepal

एमसीसी पारित गराउने गठबन्धनको यस्तो रणनीति

सत्ता गठबन्धनले ‘साँप पनि मर्ने लठ्ठी पनि नभाँच्चिने’ गरी एमसीसी पास गर्ने रणनीति चालेको बुझिएको छ । यसका लागि गठबन्धनका तीन मुख्य दलले गोप्य सहमति गरेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग दर्ता गरे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको जबराविरुद्ध महाभियोग लगाउने चाहनालाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरिदिए । गोप्य सहमति अनुसार १ फागुनको विहान महाभियोग दर्ता भयो । सोही दिन माओवादी ‘जनयुद्ध दिवस’ मनाइरहेको थियो । प्रचण्डले जनयुद्ध दिवसमा एउटा राजनीतिक विजयको सुरुवातको रुपमा सन्देश दिए । उनले महाभियोगले गठबन्धन झन् बलियो हुने तर्क गरे ।

महाभियोग पछि संवैधानिक निकायका नियुक्तिहरुमाथि अदालतले फैसला गर्ने संकेतहरु मिलिसकेको छ । ओली प्रधानमन्त्री हुँदाको नियुक्तिप्रति प्रचण्ड र माधव नेपालको तारो बन्दै आएको छ । यसबारे अदालतले फैसला गरिदिने सम्भावनाहरु देखिएका छन् ।

अर्को भद्र सहमतिमा एमसीसी टेबुल गरी रणनीतिक तरिकाले पारित गर्ने विषय पनि छ । एमसीसी दुई तरिकाले पारित हुनसक्छ । गठबन्धनका दलले आश्चर्यजनक ढंगले मतदान गरी पारित गर्ने या गठबन्धनका माओवादी र नेकपा एसले मतदानमा अनुपस्थिति जनाएर उपस्थित संख्याबाट पारित गर्ने । सभामुख अग्निप्रसाद सापकोटा एमसीसी टेबुल गर्न तयार भइसकेको बुझिएको छ । यसमा राजनीतिक लेनदेनहरु भएका छन् ।

४ फागुनमा एमसीसी टेबुल गरी छलफल गर्ने अनि रणनीतिक चार्तुयताका साथ पारित गर्ने गठबन्धनभित्र भित्री सहमति बनेको बुझिएको छ । माओवादी र नेकपा एसले एमसीसीमा मतदान बहिष्कार गरेको सन्देश जनतामा दिने र काँग्रेसले अन्य दलको साथ लिएर पारित गर्ने योजनाहरु पनि बनेका छन् ।

तर, एमालेका ९७ जना सांसद सदनमा उपस्थित भएर मतदानमा भाग नलिएमा काँग्रेस, जसपा र लोसपाको सांसद संख्याले बहुमत पुग्दैन । नेकपा एसले मतदान गरेमा भने माओवादी अनुपस्थित भएमा उपस्थित संख्याको बहुमत पुग्न सक्छ ।

एमसीसीमा एमालेलाई विरोधी देखाउने र माओवादीले एमसीसीको विरुद्ध लडेको सन्देश दिने गरी योजनाहरु पनि बनाइएको बुझिएको छ । तर, त्यो रणनीति सजिलै सफल हुने सम्भावना कठिन छ । यसकारण एमसीसी पारित गर्नेमा गठबन्धनका मुख्य दलहरु सहमत हुनुपर्ने अवस्था बन्नसक्छ ।

प्रचण्ड र माधव नेपाल एमसीसी असफल बनाउन गम्भीरतापूर्वक लागेको अवस्थामा भने देउवा यु टर्न हुनसक्छन् । उनले रातारात ओलीसँग सहमति गरेर नयाँ कदमहरु चाल्न सक्छन् । त्यतिबेला खेल उल्टन पनि सक्छ ।

 

Europass CV in Nepal