मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 11 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

चर्चित अभिनेत्री रेखा थापाले गरिन् विवाह

Himali Patrika 1 मिनेट पढाइ

चर्चित अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन्। आफूले केही दिनअघि बलराम शाही ठकुरीसँग कोर्ट म्यारिज गरेको थापाले सेतोपाटीलाई जानकारी दिइन्।

थापा र शाही लामो समयदेखि प्रेममा थिए। ४० वर्षीय शाही ठकुरी हाल अमेरिका बस्दै आएका छन्। उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्।थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। उनीहरूले १० वर्षअघि डिभोर्स गरेका थिए।

हिरो चलचित्रबाट नेपाली सिने जगतमा डेब्यू गरेकी थापाले हिम्मत, किस्मत, कसले चोर्‍यो मेरो मनलगायत चलचित्रमा अभिनय गरेकी छन्। अभिनयसँगै थापाले विभिन्न चलचित्र निर्माण गरेकी छन्।

३७ वर्षीया थापा पछिल्लो राजनीतिमा पनि सक्रिय भएकी थिइन्। गत मंसिरमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा थापा महामन्त्रीमा उठेकी थिइन्। उनी पराजित भइन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।