महाभियोग फिर्ता नलिए देशभर आन्दोलन गर्ने स्वतन्त्र कानुन व्यवसायीको चेतावनी

महाभियोग फिर्ता नलिए देशभर आन्दोलन गर्ने स्वतन्त्र कानुन व्यवसायीको चेतावनी

स्वतन्त्र नागरिक समाज र स्वतन्त्र कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव तत्काल फिर्ता नलिएर देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै जबरामाथि लगाइएको महाभियोग एक हप्ताभित्र फिर्ता नलिएमा देशभर आन्दोलन गर्ने चेतावनी दिएको हो ।

अधिवक्ता अनन्त पराजुलीले तत्काल महाभियोग प्रस्ताव फिर्ता लिन माग गरे । उनले महाभियोग फिर्ता नलिए कडा आन्दोलनको सामना गर्न चेतावनी दिए । नेपाल बारले गर्दै आएको आन्दोलन र सर्वोच्चभित्रै गर्दै आएको आन्दोलनले न्यायालयलाई बन्धक बनाएको अवस्थामा न्यायालयलाई स्वतन्त्र हिसाबले सञ्चालन गर्न स्वतन्त्र कानुन व्यवसायी समाजको स्थापना गरेको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता त्रिलोक बहादुर चन्दले नेपालको न्याय क्षेत्रलाई ध्वस्त बनाउने गरी भएका गतिविधिले अराजक स्थिति निम्त्याएको बताए । एक जना मात्र बृहस्पतिको रूपमा रहेका चोलेन्द्र शमशेर जबरालाई बलीको बोको बनाइएको तर्क गरे । महाभियोग लगाएर न्याय क्षेत्रलाई तर्साउन खोजेको टिप्पणी गरे ।

Europass CV in Nepal

वरिष्ठ अधिवक्ता डा.पृथ्वीनारायण राईले जबराविरुद्ध महाभियोग दर्ता भएको दिन फागुन १ गतेलाई कालो दिन घोषणा गर्ने बताए । देउवा सरकार कानुन त गठन नभएको भन्दै प्रधानन्यायाधीशको आदेशले गठित भएको सरकारले उनलाई नै महाभियोग लगाउन नहुने तर्क गरे

कार्यक्रमको अध्यक्षता गर्दै अधिवक्ता एवं कानुन व्यवसायी आकृति रायमाझीले नेपाल बारले लगाएको सिन्डिकेट भत्काउन स्वतन्त्र नागरिकको स्थापना गरेको बताइन् । रायमाझीले परमादेशले ल्याएको सरकारले जबराविरुद्ध महाभियोग ल्याएको भन्दै आपत्ति जनाइन् । उनले भनिन्,‘परमादेशले गठन भएको सरकारले के को आधारमा जबराविरुद्ध महाभियोग ल्याएको हो । कत्तिको कानुन सम्मत छ त्यसमा पनि ध्यान दिन जरुरी छ ।’

Europass CV in Nepal