महाभियोगबारे देउवाका ज्योतिषीको भविष्यवाणी : सत्ता गठबन्धनलाई गम्भीर असर

महाभियोगबारे देउवाका ज्योतिषीको भविष्यवाणी : सत्ता गठबन्धनलाई गम्भीर असर

काठमाडौं : ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने निर्णय सत्ता गठबन्धनलाई नै प्रभावित पार्ने भविष्यवाणी गरेका छन् । रिजाल प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई सुझाव दिने ज्योतिषी हुन् ।

महाभियोग दर्ता नै शक्तिशाली कालसर्प योगमा परेकाले सत्ता पक्षलाई नै यसको गम्भी असर पर्नसक्ने योग निर्माण भएको ज्योतिषी रिजालले जानकारी दिएका छन् । ‘जबरालाई महाअभियोग दर्ता गरेको समय नै काल सर्प योगमा परेकाले सत्ता गठबन्धनलाई नै प्रभाव पार्ने देखिएको छ,’ रिजालले फेसबुकमा लेखेका छन् ।

प्रधानन्यायाधीश राणाको अपमानजनक बहिर्गमनको योग वर्तमान समयमा निर्माण नभएको उनको भनाइ छ । सत्ता पक्षलाई ६० दिन खड्गो छ भनेर माघ १८ गते नै जानकारी गराई सकेको रिजालले उल्लेख गरेका छन् । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले आइतबार प्रन्या राणाविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए ।

Europass CV in Nepal

 

Europass CV in Nepal