सुरक्षा कारण देखाउँदै भारतले ५४ चिनियाँ एप्समाथि प्रतिबन्ध लगायाे

सुरक्षा कारण देखाउँदै भारतले ५४ चिनियाँ एप्समाथि प्रतिबन्ध लगायाे

भारत सरकारले देशको सुरक्षाका लागि खतरा बताउँदै चीनको ५४ वटा एप्स बन्द गरेको बीबीसीले जनाएकाे छ । भारतको सूचना प्रविधी मन्त्रालयले आज सोमवार ५४ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउँदै यी एप्सले प्रयोगकर्तासँग विभिन्न महत्त्वपूर्ण अनुमति लिने र प्रयोगकर्ताको संवेदनशील डाटा सङ्कलन गर्ने गरेकाे बताएकाे छ । ‘यिनमा रिलयटाइम डाटाको दुरुपयोग भइरहेको छ र विरोधी देशमा रहेका सर्भरलाई पठाइने गरिएको छ’, मन्त्रालयले विज्ञप्तिमा भनेकाे छ ।

भारतमा बन्द गरिएका ५४ वटा एप्समा स्विट सेल्फी एचडी, ब्युटी क्यामेरा–सेल्फी क्यामेरा, गरेना फ्री फायर–इल्युमिनेट, भाइभा भिडियो एडिटर, टेनसेन्ट एक्सरिभर, ओनमायोजी एरिना, एपलक र डुअल स्पेस लाइट जस्ता नाम रहेका छन् ।

गएको वर्षको जुनमा भारतले देशको सम्प्रभुता र सुरक्षाका लागि खतरा रहेको बताउँदै टिकटक, विच्याट र हेलो सहित ५९ चिनियाँ एप्लिकेशनमाथि प्रतिबन्ध लगाएको थियो । सन् २०२० मेदेखि चीनसँगको सीमा विवादका बीच भारतले अहिलेसम्म तीन सय २१ चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको छ ।

Europass CV in Nepal

गएको वर्षको जुनमा पहिलो पटक चिनियाँ एप्समाथि प्रतिबन्ध लगाइएको थियो । पूर्वी लद्दाखको गलवान उपत्यकामा चीनसँग भएको हिंसक सैन्य झडपको २० दिनपछि भारतले चिनियाँ एप्समा प्रतिबन्ध लगाएको थियो ।

 

Europass CV in Nepal