आफ्नै ‘डिजिटल करेन्सी’ ल्याउन राष्ट्र बैंकले थाल्याे अध्ययन

आफ्नै ‘डिजिटल करेन्सी’ ल्याउन राष्ट्र बैंकले थाल्याे अध्ययन

काठमाडौं । आफ्नै भर्चुअल मुद्रा (डिजिटल करेन्सी) ल्याउन नेपाल राष्ट्र बैंकले अध्ययन सुरु गरेको छ । पछिल्लो समय क्रिप्टो करेन्सी जस्ता मुद्राहरूलाई अवैध कारोबार भन्दै कारबारही सुरु गरेको राष्ट्र बैंकले आफ्नै करेन्सी ल्याउन समिति नै बनाएर छलफल सुरु गरेको हो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले प्रारम्भिक चरणको अध्ययन सुरु गरिएको बताए । पछिल्लो समय धेरै मुलुकहरूमा डिजिटल मुद्राको कारोबार हुने गरेको छ । बिट क्वाइन, क्रिप्टोकरेन्सी जस्ता मुद्राहरू नेपालमा भने अवैध हुन् ।

भारतले चालु आर्थिक वर्षको बजेटमा नै समावेश गरेर आफ्नै डिजिल करेन्सी ल्याउने घोषणा गरिसकेको छ । छिमेकी मुलुकलेसमेत आफ्नै डिजिटल करेन्सी ल्याउने घोषणा गरेपछि नेपालमा पनि यसबारे अध्ययन सुरु भएको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका निर्देशकको संयोजकत्वमा समिति गठन गरी अध्ययनको जिम्मा दिइएको छ ।

Europass CV in Nepal

अध्ययनका लागि एक महिना समय पाएको समितिले अध्ययन प्रतिवेदन बुझाएपछि थप प्रक्रिया अघि बढ्ने प्रवक्ता भट्टले बताए । ‘यो एउटा प्रारम्भिक चरणको अध्ययन हो, अध्ययन प्रतिवेदन आएपछि मात्रै यसबारे थप प्रष्ट हुन्छ,’ प्रवक्ता भट्टले भने ।

राष्ट्र बैंकले आफ्नै भर्चुअल मुद्रा ल्याउन अध्ययन शुरु गरे पनि बिटक्वाइट, क्रिप्टोकरेन्सी, हाइपर फण्ड जस्तामा गरिएको लगानी गैर कानुनी नै हुनेछन् । कानुनले बन्देज लगाएका क्षेत्रमा लगानी नगर्न राष्ट्र बैंकले अनुरोध गर्दै आएको छ ।

 

Europass CV in Nepal