एमसीसी फेल पनि हुनसक्छ : प्रधानमन्त्री देउवा

एमसीसी फेल पनि हुनसक्छ : प्रधानमन्त्री देउवा

५ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास वा फेल जे पनि हुनसक्ने बताएका छन् । यद्यपि आफू एमसीसी परियोजनालाई संसदबाट पारित गराउन लागिपरेको उनले बताए ।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लेखेको पस्तकको आज काठमाडौंमा लोकार्पण गर्दै प्रधानमन्त्री देउवाले भने, ‘एमसीसी पास गराउन हामीले एक मतले निर्णय गरेका हौं । त्यसमा लागिराखेको छु । फेल पनि हुनसक्छ, पास पनि हुनसक्छ थाहा छैन ।’ उनले एमसीसी राष्ट्रको हितमा भएको जिकीरसमेत गरे ।

प्रधानमन्त्री देउवाले राष्ट्रहितको पक्षमा बोल्न नेपाली कांग्रेस पार्टी डराउन नहुने भन्दै राम्रो कामको प्रचार गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

Europass CV in Nepal

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको अन्तर्राष्ट्रिय विश्वास कायम राख्नका लागि कांग्रेसले आफ्नो भूमिका निर्बाह गर्नुपर्ने बताए । उनले भने, ‘कांग्रेसको नेतृत्वले खुट्टा कमाउनु हुँदैन अहिले । निर्वाचनको क्षण, तत्क्षणको लाभ, हानी यी सबै कुरालाई बिर्सेर भए पनि आजको दिनमा नेपाली कांग्रेस पार्टीले आफ्नो परिचय कायम राख्नुपर्छ ।

नेपालको राष्ट्रिय हितको रक्षाका निम्ति कसले के भन्यो भन्ने कुरासँग होइन ।’ महामन्त्री थापाले नेपाली कांग्रेसले कुनै पनि विषयमा सरकारमा बस्दा एउटा र प्रतिपक्षमा बस्दा अर्को धारणा बनाउने नगरेको दाबीसमेत गरे ।

Europass CV in Nepal