मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

एमसीसीका कारण गठबन्धनमा गडबड : प्रचण्डको विकल्प खोज्न काँग्रेस नेताले थाले ओलीसँग संवाद

Himali Patrika 1 मिनेट पढाइ

नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । विहीबार बिहान ९ बजे रिजाल ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । एमसीसीका विषयमा सत्ता गठबन्धनमा खटपट भइरहेको बेला रिजाल ओलीलाई भेट्न बालकोट पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओलीका प्रेस संयोजक रामशरण बजगाइँका अनुसार उनीहरु बिची करिब एक घण्टा कुराकानी भएको थियो ।

उनले भने, ‘एमसीसीको विषयमा कुराकानी भएको हो । तर उहाँहरुकै बीचमा कुरा छिनिएको छैन । त्यसैले उहाँहरुको कुरा छिनिएरपछि बल्ल एमालेले धारणा बनाउछ भन्नेर अध्यक्ष ज्यूले भन्नु भएको छ ।’ माओवादीले यथास्थितिमा जबरजस्ती एसमीसी टेबल गरिए सरकार छोड्ने चेतवानी दिएपछि काँग्रेसले एमालेसँग सम्वाद बढाएको छ ।

आज पाँच बजे सत्तारुढ पाँच दलको बैठक बस्नुअघि रिजालले ओलीलाई भेटेका हुन् । काँग्रेस नेता रिजालसँगै महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि एमाले नेताहरुसँग निरन्तर संवादमा रहेको बुझिएको छ।

प्रचण्डलाई गगन थापाको व्यंग्य

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसीमा आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन् । वैदेशिक सहायता परियोजनालाई राजनीतिक एजेण्डा बनाएर आफ्नो अनुकूलतामा प्रयोग गर्ने काम कांग्रेसले नगर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना ससुरा अर्जुननरसिंह केसीको पुस्तक विमोचन समारोहमा बोल्दै थापाले भने, ‘कांग्रेसको नेतृत्वले खुट्टा कमाउनु हुँदैन । पार्टीको निर्वाचनको क्षण तत्क्षणको लाभहानी बिर्सेर भए पनि कांग्रेसले आफ्नो परिचय कायम राख्नुपर्छ ।’

नेपालको राष्ट्रिय हित रक्षाका लागि, नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयताका निम्ति एउटा राजनीतिक दलले निर्वाह गर्नुपर्ने कर्तव्य कांग्रेसले निभाउने उनको भनाइ छ । ‘कांग्रेस अरुजस्तो सरकारमा बस्दा एउटा पार्टीभित्र बस्दा एउटा, विहान एउटा बेलुका एउटा गर्दैन । बालुवाटारमा एउटा खुमलटारमा अर्को बोली फेरिराख्ने चरित्र नेपाली कांग्रेसले बोक्दैन,’ उनले भने ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।