अमेरिकाले नेपालमा दिएको कुटनीतिक दबाबको प्रतिरोध गर्छाैँ : चीन

अमेरिकाले नेपालमा दिएको कुटनीतिक दबाबको प्रतिरोध गर्छाैँ : चीन

चीनले अमेरिकी सहयोग एमसीसी पारित गर्न नेपाललाई कुटनीतिक दबाब दिइरहेको आरोप लगाएको छ । चीनको परराष्ट्र मन्त्रालयले बेइजिङमा पत्रकार सम्मेलन गरी एमसीसीमार्फत अमेरिकाले कुटनीतिक दबाब दिइरहेको आरोप लगाउँदै आफूले प्रतिरोध गर्ने बताएको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वेनविनले अमेरिकाले नेपालसँगको सहकार्यको नाममा कुटनीतिक दबाब सुरु गरेको भन्दै नेपालको छिमेकी देश र विकास साझेदार देश भएको नाताले नेपाली नागरिकले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने बताउनुभयो । नेपालले आफ्नो विकासको स्वतन्त्र बाटो रोज्न सक्ने र साझेदार चयन गर्नसक्ने पनि चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वेनविनले बताउनुभएको खबरमा उल्लेख छ ।

एमसीसीलाई लिएर प्रदर्शन भैरहेका बेला अमेरिकी प्रतिक्रिया : हिंसा स्वीकार्य हुन्न

Europass CV in Nepal

अमेरिकी सहयोग एमसीसीको विषयलाई लिएर नेपालमा भैरहेको विवाद र प्रदर्शनप्रति अमेरिकाले आपत्ति जनाएको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी जे बेरीले ट्वीट गर्दै भैरहेका विरोध प्रदर्शनप्रति आपत्ति जनाउनुभएको हो ।

उहाँले आफूहरु स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक रहेको भन्दै हिंसा र हिंसालाई प्रोत्साहित गर्ने कार्य स्वीकार्य नहुने बताउनुभएको छ । आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रको अन्तर्निहित आवश्यक तत्व भएको र मानिसहरुले शान्तिपूर्वक आफ्ना विचारहरु सार्वजनिक गर्न पाउनुपर्ने उहाँको भनाइ छ ।

Europass CV in Nepal