मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

अर्थमन्त्री शर्मा संसद बैठकमा अनुपस्थित

Himali Patrika 1 मिनेट पढाइ

८ फागुन, काठमाडौं । अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा संसद बैठकमा अनुपस्थित भएका छन् । संसदमा अर्थमन्त्री शर्माले एमसीसी टेबुल गर्ने कार्यसूची संघीय संसद सचिवालयले जारी गरे पनि उनी बैठकमा अनुपस्थित भएका छन् ।

उनको सचिवालयका एक सदस्यले अनलाइनखबरसँग भने, ‘मन्त्रीज्यू विरामी भएकाले निवासमै रेष्ट गरिरहनु भएको छ, उहाँ संसद बैठकमा जानु भएको छैन ।’ एमसीसी पेश गर्ने विषयमा नेकपा माओवादीभित्रै तीव्र मतभेद छ । सत्ता गठबन्धनको आजको बैठकमा अध्यक्ष प्रचण्डले टेबल गर्न सहमती जनाएका छन् । त्यसलगत्तै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी टेबल गर्ने निर्णय गरेको थियो ।

तर कार्यव्यवस्था परामर्श समितिको बैठकमा उपस्थित माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, सांसदहरु जयपुरी घर्ती र रेखा शर्माले एमसीसी टेबल गर्ने निर्णयमा लिखित असहमति जनाएका छन् । कार्यव्यवस्थाको बैठकपछि संघीय संसद सचिवालयले प्रकाशित गरेको बैठकको कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी टेबल गर्ने उल्लेख छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।