राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं राप्ती प्रतिष्ठानका सहकुलपति विरोध खतिवडा नेतृत्वको सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि तीनजनाको सिफारिस गरेको थियो । समितिले ऋषिकेश नारायण श्रेष्ठ, विकास लामिछाने र नारायणविक्रम थापाको नाम सिफारिस गरेको थियो । तिनजना मध्यबाट लामिछानेलाई नियुक्त गरिएको हो।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डा. लामिछानेलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका गर्नुभएको हो ।
उक्त समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला र स्वास्थ्य सचिव डा. रोशन पोखरेल सदस्य हुनुहुन्थ्यो ।

Europass CV in Nepal