राष्ट्रघाती र राष्ट्रवादीहरू सँगै कुम जोडेर उभिन सुहाउँदैन : थापा

राष्ट्रघाती र राष्ट्रवादीहरू सँगै कुम जोडेर उभिन सुहाउँदैन : थापा

काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रघाती र राष्ट्रवादीहरू सँगै कुम जोडेर उभिन नमिल्ने बताएका छन् । उनले सरकारले एमसीसी सम्झौता संसद्‍मा टेबल गरिसकेको भन्दै सरकारले ल्याएको प्रस्ताव पास गर्नु गठबन्धन दलहरूको दायित्व बन्ने बताए ।

महामन्त्री थापाले एमसीसीको पक्षमा मतदान नगर्ने दलहरू सरकारमा बसिरहन नमिल्ने बताए । ‘सरकारको प्रस्ताव संसद्‍बाट सफल गराउनु सत्तारुढ दलहरूको दायित्व हो । सरकारको प्रस्तावको विपक्षमा मतदान गर्नेहरू सरकारमै बसिरहन नैतिक रुपमा पनि मिल्दैन,’ थापाले इकान्तिपुरसँगको कुराकानीमा भने, ‘यो नैतिक र राजनीतिक दुवै विषय हो । यदि सरकारमै भएका दलहरूले सरकारको प्रस्तावको विपक्षमा मतदान गर्ने हो भने त्यो नैतिक हिसाबले त सुहाउँदैन नै, साथै राजनीतिक हिसाबले पनि अशोभनीय हुन्छ ।’

उनले पक्ष र विपक्षमा उभिएर आफू राष्ट्रवादी र अर्कोलाई राष्ट्रघातीको आरोप लगाइसकेपछि एउटै गठबन्धनमा बस्न नसुहाउने बताए । उनले फरक–फरक ठाउँमा मत हालेर सँगै हिँड्ने प्रयास भइरहेको भन्दै त्यस्तो सम्भव नहुने बताए ।

Europass CV in Nepal

‘एमसीसीमा आ–आफूले चाहे जसरी मतदान गर्ने, अनि सरकारमा चाँहि सँगै उभिने भन्ने कुरा अशोभनीय हुन्छ । मन्त्रिपरिषद्ले संसद्मा प्रस्ताव लगेको छ, अब सरकारकै मन्त्रीहरुले कतापट्टि भोट हाल्ने ?,’ थापाले भने, ‘यदि विपक्षमा भोट हाल्ने हो, र हामीलाई नै राष्ट्रघाती भनेर गाली गर्ने हो भने गठबन्धन केका लागि जोडिराख्ने ?’ उनले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दोहोरो भूमिका देखाएर छलछाम गर्नुको बदला त्यसबारे प्रष्ट निर्णय लिनुपर्ने बताए ।

Europass CV in Nepal