फास्ट ट्रयाकको २० किलोमिटर सडक बनाउने ठेक्का तीन चिनियाँ कम्पनीलाई

फास्ट ट्रयाकको २० किलोमिटर सडक बनाउने ठेक्का तीन चिनियाँ कम्पनीलाई

फास्ट ट्रयाकको निजगढदेखि राजदमारसम्म २० किमी सडक खण्ड चार लेनको बनाउने ठेक्का तीन चिनियाँ कम्पनीले पाएका छन्। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन फास्ट ट्रयाकको निजगढ-राजदमार क्षेत्रलाई तीन खण्डमा भाग लगाइएको छ। यिनै तीन खण्ड निर्माणको ठेक्का तीन चिनियाँ कम्पनीले पाएका हुन्। सेनाले यसबारे औपचारिक जानकारी भने दिएको छैन।

सैनिक स्रोतका अनुसार निजगढतर्फको खण्डको जिम्मेवारी चिनियाँ कम्पनी सिएएमसीले पाएको छ। यही कम्पनीले पोखरा विमानस्थल निर्माणको ठेक्का पाएको थियो।बीचको खण्डको ठेक्का पोलिच्याङ्दी इन्जिनियरिङले पाएको छ। यो कम्पनीले फास्ट ट्रयाकअन्तर्गत धेद्रे र लेन डाँडाको सुरूङ बनाइरहेको छ।

त्यस्तै, राजदमारसम्मको ठेक्का सान्दोङ लुछिआओको नेपाली साझेदार कम्पनी श्रेष्ठ रोशन जेबीले पाएको छ। ‘निजगढ खण्डको चार लेनको सडक बनाउन करिब १० अर्ब रूपैयाँ लाग्नेछ। बीचको खण्ड ८ अर्बको छ भने राजदमार खण्डको सडक बनाउन २० अर्ब रूपैयाँ हाराहारीको ठेक्का लगाइएको छ,’ सैनिक स्रोतले भन्यो, ‘यो क्षेत्रमा पर्ने पुल, ओभरपास र अन्डरपास यिनै कम्पनीहरूले बनाउने छन्।’

Europass CV in Nepal

अहिलेसम्म फास्ट ट्रयाकअन्तर्गत पाँचवटा ठेक्का लगाइएका छन्। ती सबै चिनियाँ कम्पनीले पाएका छन्। फास्ट ट्रयाकमा साढे ६ किलोमिटर सुरूङ निर्माण हुनेछ। यसलाई सेनाले दुई भागमा विभाजन गरेर ठेक्का लगाएको छ। महादेवडाँडामा बन्ने साढे ३ किमी सुरूङका लागि चाइना स्टेट कन्स्ट्रक्सनले ठेक्का पाएको छ। दोस्रो प्याकेजअन्तर्गत धेद्रेमा १.६ किमी र लेनडाँडामा १.४ किमी सुरूङ बनाउने ठेक्का पोलिच्याङ्दी इन्जिनियरिङले पाएको छ।

कुल ७२.४ किमी लामो फास्ट ट्रयाकमा ५५.५ किमी सडक हुनेछ भने ६.५ किमी सुरूङसँगै साना-ठूला गरी ८७ वटा पुल बनाउनुपर्छ जसको लम्बाई १०.५६ किमी हुनेछ। सडकको ट्रयाकलाई पहाडी भागमा २५ मिटर र समथर भागमा २७ मिटर चौडा बनाइने सेनाको योजना छ।

Europass CV in Nepal