गठबन्धन टुटाउने र सरकार गिराउने षड्यन्त्र भइरहेकाे छ : प्रचण्ड

गठबन्धन टुटाउने र सरकार गिराउने षड्यन्त्र भइरहेकाे छ : प्रचण्ड

काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

आज बुधवार नेकपा (माओवादी केन्द्र) को वाग्मती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा हामीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले गठबन्धन टुटाउने र सरकार गिराउने षड्यन्त्र भइरहेको बताउनुभएको हो । राजनीतिक परिवर्तनहरूलाई कमजोर पार्ने खतरा बढिरहेको उहाँले बताउनुभयो । अध्यक्ष दाहालले परिवर्तनलाई कमजोर पार्ने खतरा भए पनि प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने चाहिँ सत्य नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘खतरा त बढेकै छ नि । यो परिवर्तन कुनै न कुनै रूपले कमजोर पार्ने, यो गठबन्धन टुटाउने, यो सरकार टुटाउने षड्यन्त्र त भइराखेकै छ नि । तर अहिले भर्खरै प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने कुरा चाहिँ होइन ।’

Europass CV in Nepal

अध्यक्ष दाहालले आज बिहान गृह मन्त्री बालकृष्ण खाणसँग खुमलटारमा भेटवार्ता भए पनि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट नभएको स्पष्ट पार्नुभयो ।

 

Europass CV in Nepal