प्रचण्ड नयाँ रणनीति : गठबन्धन जोगाउने, एमसीसी फेल गराउने

प्रचण्ड नयाँ रणनीति : गठबन्धन जोगाउने, एमसीसी फेल गराउने

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने निर्णायक मोडमा आइपुग्दा सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्र विपक्षमा छ ।

माओवादीसँगै एकीकृत समाजवादी पनि विपक्षमा छ । गठबन्धन नै धरापमा परेपछि नचाहेर संसदमा टेबल गर्न सहमति जनाएका माओवादी अध्यक्ष प्रचण्ड अब पारित हुन नदिने रणनीतिमा छन् । प्रधानमन्त्री एवं प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमालेसँग सम्वाद बढाएर प्रचण्डमाथि दबाब बढाएका छन् ।

तर प्रचण्ड भने गठबन्धन जोगाउने र एमसीसी फेल गराउने रणनीतिमा अघि बढेका छन् । बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा सत्ता उल्ट्याउन कैयन षडयन्त्र भइरहेको र ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुने उल्लेख गरेका थिए । यो भनाइले पनि सत्ता गठबन्धन टुटाउन भइरहेका षडयन्त्रलाई रोकेर जोगाउने रणनीति देखाउँछ ।

Europass CV in Nepal

त्यसलगत्तै बागमती प्रदेश समितिको बैठकमा अध्यक्ष प्रचण्डले एमसीसी बाध्यताले टेबल गर्न दिएको तर पारित हुन नदिने दोहोर्‍याए । एमसीसीको विपक्षमा मतदान गर्ने उनको भनाइ थियो ।

उनले भने, ‘हामी एमसीसीको विपक्षमै छौं । मूल ध्यय भनेको गठबन्धन नटुटोस एमसीसी फेल होस भन्ने नै हो । सभामुख ज्यूले एमसीसी रोक्ने प्रयास गर्नुभयो । तर, सरकारले टेबल गर्न भनेपछि त गर्नैपर्ने भयो । यसअघि सभामुख कृष्णबहादुर महराले एमसीसी रोक्नुभएको थियो । सबैले सभामुखमाथि पेलेका छन् ।’ सभामुख र गठबन्धन जोगाउन टेबल हुन दिए पनि अब विपक्षमा मतदान गरेर फेल गराउने प्रचण्डको भनाइ थियो ।

Europass CV in Nepal