मुख्य सामग्रीमा जानुहोस्
Saturday, 26 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

महाकालीमा पौडेर नेपाल छिरे भारतीय सैनिक

Himali Patrika 1 मिनेट पढाइ

महाकाली नगरपालिका–४ स्थित जिल्ला अस्पतालको ठिक पारिपट्टीबाट महाकालीमा पौडी खेली ढुंगामा रसी (डोरी) बाँध्न रेजिमेन्टका जवान नेपाल प्रवेश गरेका थिए । नदीमा ‘रेस्क्यु ट्रेनिङ’ गर्न अपराह्न ४ बजेतिर पौडी खेलेर नेपाल–भारत जोड्ने दुई रसी बाँधिरहेका थिए ।

त्यसै क्रममा नेपालका प्रहरी पुगी सेनाका जवानले नेपालतर्फ बाँधेको रसी फुकाएका छन् । अनुमतिबिना रसी बाँध्न नेपाल आएका सेनाका जवानलाई पौडी खेलेरै प्रहरीहरुले पारि पठाएका थिए ।महाकाली अन्तर्राष्ट्रिय सीमा नदी भएकोले जुनसुकै क्रियाकलाप गर्दा नेपालको अनुमति लिनुपर्ने भए पनि नेपाली प्रशासनलाई त्यसबारे कुनै जानकारी नभएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । कान्तिपुरबाट 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।